अनखबर
बुटवलस्थित ईलाका प्रहरी कार्यालयको भवन उद्घाटन भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीले नागरिकको विश्वास जित्ने गरी काम गर्नु पर्ने बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवल परिसरमा नवनिर्मित भवनको विहिबार उद्घाटन गर्दै महानिरीक्षक कुँवरले नागरिकको विश्वास जित्ने गरी काम गर्नु पर्ने र सोही अनुसार आफुले काम गरिरहेको बताए ।
जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गदै सर्वसाधरण नागरिकहरुको जनजिवनलाई सरल सहज र सुक्षित बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए । ‘नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्नु पर्छ । त्यसका लागि प्रहरी संघगठन प्रतिबद्ध छ ।’– उनले भने ‘जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गदै सर्वसाधरण नागरिकहरुको जनजिवनलाई सरल सहज र सुक्षित गराउने दायित्व प्रहरीको हो । यो दायित्व पुरा गर्न हामी प्रतिबद्ध छौँ ।’
साथै महानिरीक्षक कुँवरले आमनगरिकको भरोसा र विश्वमासिलो संघठन भएकाले सबैले महसुश गर्ने किसिमको वातवरण वनाउनका लागि व्यवहारमा रुपान्तरण गर्नु पर्ने बताए । महानिरीक्षक कुँवरले भवनको उद्घाटन गरी भवनको अवलोकन समेत गरेका थिए । कार्यक्रममा बुटवल उपहानगरपालिका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, सैनामैनाका प्रमुख फडेन्द्र शर्मा, देवदह नगरपालिका प्रमुख धुब्रप्रसाद खरेल, प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारी र रुपन्देही प्रहरी प्रमुख भरतकुमार वि।क। लगायतको सहभागिता रहेको थिए ।
इलाका प्रहरी कार्यालय बुटवलमा २ करोड ४१ लाखमा लागतमा कार्यालय भवन, नागरिक सहायता कक्ष, प्रहरी ब्यारेक, कार्यालय प्रमुख निवास र मेशको निर्माण गरिएको छ ।