अनखबर
नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी केही दिनदेखी बेपत्ता छन्, भनिन्छ उनी प्रहरीको निगरानीमा छन् तर समातिसकिएको छैन । उनलाई नसमात्नुको पछी अर्थराजनीति जोडिएको छ । यही घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता बाक्लिएको छ । ओली तीन दिनमा दोस्रोपटक प्रधानमन्त्री भेट्न सिंहदारबार पुगेका छन् ।
अहिले दुई नेताबीच भेटवार्ता जारी रहेको स्रोतले बतायो । शरणार्थी प्रकणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि ओलीले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । दुई दिनअघि भएको भेटमा उनले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका थिए । गत बुधबार अर्घाखाँचीबाट काठमाडौं फर्किदै गरेका उनी प्रहरीले समात्ने सुईको पाएपछि प्लेन टिकट क्यान्सील गरेर फोन अफ गरेको समाचार बाहिरिएको थियो । केही स्रोतका आधारमा उनी केही दिनका लागी यो घटना सेलाओस भन्न दिल्लीतिर गएर बसेको समेत कतिपयको दाबी छ । यता सोही प्रकरणमा नाम मुछिएछि पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो खण्डन प्रकाशन गरेका छन् । नेता रायमाझीका छोरा सन्दिपलाई यसअघीनै प्रहरीले पक्राउ गरिसकेको छ ।