अनखबर
गठबन्धनको सरकारलाई अर्काे हैरानी हुन्छ, मन्त्रीपरिषद्को विस्तारको । सुरुदेखी नै एक दुई जनामात्रै मन्त्रि दिने र विचविचमा मन्त्रि थपिरहनुपर्ने बाध्यताविच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशौंपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यलाई आज महिला बालबालिकामन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवास आयोजित कार्यक्रममा आचार्यले शपथ लिए हुन् ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत उच्च सरकारी अधिकारी उपस्थित थिए।
कांग्रेसभित्र शेखर समुहका नेता आचार्य कपिलवस्तु क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । आचार्यले महिला मन्त्रालयको जिम्मा पाएपछि यसअघि सो मन्त्रालय सम्हाल्दै आएका महिन्द्रराय यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।