अनखबर
बुटवलको बमघाटदेखी पाल्पाको बसन्तपुर डाडाँसम्म पुग्नेगरी निर्माण भएको लुम्बिनी केवलकार प्रा.ली.को बुटवल हिल्स केवलकार को औपचारिक उद्घाट भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक उद्घाटन गर्दै विकासको निजी क्षेत्रको सहकार्यमा मात्रै देश समृद्ध हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले भौतिक विकास, शिक्षा स्वास्थ्यमा महत्वपूर्ण उपलब्धि हासिल भएपनि उत्पादन र रोजगारीको क्षेत्रमा प्रगती उत्साहजनक नभएको भन्दै अब निजी क्षेत्रले उत्पादन र रोजगारी बढाउनेगरी लगानी गर्न आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले केबलकारको विकासको प्रतिफल आयोजना र स्थानीय जनताले समेत लिन पाउनुपर्ने बताएका थिए । उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका संचालक चन्द्र प्रसाद ढकालले चिन र भारतको जनसंख्या र नेपालको सम्पदालाई जोड्ने गरी पर्यटन निती निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।


जेष्ठ १५ गतेदेखी व्यवसायीक सुरुवात गरेको केबलकारल बुटवलको बमघाटदेखी पाल्पाको बसन्तपुर सम्मको २७ सय मिटरको दुरी १२ मिनेटको यात्राबाट पुगिनेछ । लुम्बिनी प्रदेशकै पहिलो केबलकारको रुपमा सञ्चालनमा आएको केबलकार सञ्चालन भएपछि यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्ने विश्वास यस क्षेत्रका व्यवसायीहरुले गरेका छन् । करिब ५ अर्बको लगानीमा सञ्चालनमा आएको केबलकारसँगै तारे होटल तथा अन्य भौतिक संरचनाहरु पनि निर्माण गरिएको छ ।


पाल्पाको तिनाउँ गाउँपालिकामा पर्ने बसन्तपुर डाँडाको टप स्टेशनमा कामाख्या देवीको मन्दिर निर्माण गरिएको छ । टप स्टेशनमा कामाख्या देवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा,पोखरी आदि संरचनाहरु निर्माणले वसन्तपुर एउटा धार्मिक गन्तब्य रुपमा समेत विकास गरिएको छ ।