अनखबर
बुटवल उपमहानगरपालिका–११ देविनगरमा कुटपिटबाट एक पुरुषको ज्यान गएको छ । ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नावालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक पौडेलले बताए । बुटवल देविनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा र्पस लुटपाट गर्ने उद्देश्यले ढुङ्गाले टाउको लगायतका अङ्गहरुमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी रहेको छ ।
‘चौधरी थरको भन्ने आएको छ, अन्य थप जानकारी संकलन गर्ने काम जारी रहेको छ ।’–प्रहरी निरीक्षक पौडेलले भने । हत्यामा संलग्न युवाहरु बजार क्षेत्रमा लागुऔषध सेवन गर्ने तथा लुटपातका गतिवधि समेत गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।