अनखबर संवाददाता
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवाहरूको संगठन युवा संगठन नेपाल, केन्द्रिय समितिको छैटौं पुर्ण बैठकको निर्णय अनुसार असार १ गते देशका सबै जिल्लाहरुमा रहेका सरकारी संघ संस्थाका विभिन्न स्थानहरुमा सरसफाइ गर्ने निर्णय बमोजिम अंधिकास ब्युरो र जिल्लाहरुले सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् ।

संगठन केन्द्रको निर्णयहरुको दृढ कार्यान्वयन गरेको भन्दै केन्द्रीय अध्यक्ष पाटन जंगलीले सबैलाई धन्यवाद दिएका छन् । अध्यक्ष जंगलीले केन्द्रिय समितिको निर्णयलाई आत्मसात गर्दै, देशै भरी सरसफाइ कार्यमा भाग लिनु हुने नेता कार्यकर्ता तथा सम्पूर्ण युवाहरुलाई केन्द्रिय कार्यालय हार्दिक धन्यवाद ज्ञापन गर्दछ भन्दै प्रतिक्रिया दिएका छन् ।


युवा संगठनले नेपालले विभिन्न जिल्लाका अस्पतालहरु,कतिपय सार्वजनिक स्थान लगायत अन्य सरकारी कार्यलय र सार्वजनिक स्थान वरपर सरसफाइ गरेको संगठनले बताएको छ ।


मुख्यत सरकारी अस्पतालहरुमा सरसफाइमा जोड दिएको बुझिएको छ ।