शिव डुम्रे /अनखबर

जनसन्चार तथा प्रकाशन प्रालीको आयोजनामा गण्डकी प्रदेश राजधानी पोखरामा बृहत  अन्तरक्रिया  सम्पन्न भएको

आर्थिक राजनितिक सन्कट,  सन्चारमा त्यसको प्रभाव र दायित्व बिषयक अन्तरक्रिया  कार्यक्रम आईतबार पोखरा उधोग बाणिज्य सघको सभाहलमा सम्पन्न भएको हो

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एव जनसन्चार एव प्रकाशन प्रालीका अध्यक्ष अनिल शर्मा विरहीले अवधारणा राख्दै नेपालमा देखा परेको आर्थिक राजनितिक सन्कट विदेशि शक्तीहरुको हस्तक्षेप र नेपालका नेताहरुको लम्पसारवादको कारण भएको बताए

नेपालमा मिडिया सन्चालन तिनले उठाउने बिषयप्रतीसमेत तथ्य पेश गर्दै शर्माले मिडियाको अबस्था दायित्वबारे आफ्नो धारणा राखेका थिए

 अन्तरक्रियामा नेपाल पत्रकार महासघका पुर्व अध्यक्ष डा सुरेश आचार्यले २००७ सालयता देशमा राजनितिक अस्थिरता चलिरहेको कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न नसकेको बताए।

उनले  सबैभन्दा शक्तिशाली भनिएको २०७४ सालको नेकपाले झनठूलो निराशामा जनतालाई ल्याईदियो,  हामीले बनाएको निर्वाचन प्रणाली नै अस्थिर राजनितिको मुल कारण हो भन्दै सत्ता नै अन्तिम लक्ष्य भएपछी राजनितिक अस्थिरता ले निरन्तरता पाउनेमा जोड दिए उन्ले ब्यबस्था ठीक हुदैमा सबै चिजको हल हुन्छ भन्ने गलत हो,  दलका नेताहरुको ब्यबहारमा ईमान्दारिता नभएपछी व्यबस्था मुख्य हुदैन उनले थपे हिजकै सिद्दान्त बेचेर आजको राजनितिक पसल चल्दैन

  बरिष्ठ पत्रकार समेत रहेका आचार्यले ,  चिनले आफ्नो अर्थतन्त्रमा उदारीकरण निति अपनाउदै देशलाई समृद्दको दिशामा अगाडिबढाउदा त्यही सिद्दान्तलाई मार्गदर्शक मान्ने कम्युनिष्ट ले सन्चालन गरेको नेपालको यो अबस्था किन ?  स्वास्थ्य शिक्षा निजिकरणहुदै ब्यापारिकरण सम्म पुग्यो नया सरकार बन्ने बित्तिकै बजार भाउ महङ्गिन्छ किन ?  प्रतिप्रश्न गरे  उनले थपे ,’किनकी तिनैब्यापारीहरु तपाईहरुले भन्ने गरेको दलाल पुजिपतिहरुले नै यो देशका राजनितिक दल चलाईरहेका छ्न उनले देशको बिकासलाईटिप्पणी गर्दै,   देशको बेरुजु पछिल्लो बर्षमा खर्ब पुगेको , बिकास बजेट १७% मा सिमित भएको बजेटको आधा भन्दा धेरै खर्चअसारमा हुन्छ,  देश बनाउने भन्दा नि बजेट कसरी सक्ने भन्ने कुरा मुख्य रहेको समेत बताए

मिडियाको ब्यबस्थापनबारे बोल्दै उनले मिडियाले आफ्नो स्वतन्त्रता मान्ने हो भने राज्यसग सहयोग हैन अधिकार माग्ने हो भन्दै विग्यापनबिकृतीबारे समेत अहिले ७० % भन्दा बढी बिग्यापन लैजाने मिडिया बजारमा  नदेखिने बताए उनको जोड स्थानीय बिग्यापन स्थानीयमिडियाको अधिकार  बनाउनुपर्नेमा थियो विग्यापनमा एकद्वार प्रणाली आवश्यक नरह्को बताउदै आचार्यले यो अभ्यास नेपालमाअसफल भैरहेको बताए बिग्यापन दयाको रुपमा होईन अधिकारको रुपमा लिनुपर्छ लोककल्याणकारी विग्यापन मेरै कार्यकालमासुरु गरियो तर अहिले दुख लाग्छ पाउनुपर्नेले पाईरहेको छैन,  नपाउनुपर्नेले पाईरहेको उनको भनाई थियो उनले पत्रकारिता सिमितमान्छेको लागी हैन आम जनताको लागी गरिनुपर्छ भन्दै हामी प्रोएक्टिभ छौ की रिफ्याक्टिब जर्नजिज्म गरिरहेका छौ ?  उनले प्रतिप्रश्नगरे आजको पत्रकारितामा जनताका कुरा कम बोलिरहेक छौ राजनितिकका बिकृतीलाई मिडियाले छर्लङ्ग पार्न सक्नुपर्छ आजप्रविधीले मिडियाको महत्वलाई कम बनाईरहेको पुर्व अधक्ष्य आचार्यको  टिप्पणी थियो

यस्तै अन्तरक्रीयामा उधोग बाणिज्य सङ्घकापुर्व अधक्ष्य तथा व्यबसायी आनन्दराज मुल्मीले नेपालको अर्थतन्त्रमा ठूलो योगदान मिडिया क्षेत्रमा रहेको भन्दै मुलुकको अर्थतन्त्रबिकासमा  मिडियाको भुमिका अवमुल्याङकन गर्न नमिल्ने बताए

उनले ,  यत्रो ब्यबस्था परिवर्तन गर्दा पनि जनताको न्युनतम अबस्थापरिवर्तन हुन नसक्नुले मुलुकको ब्यबस्थापनको लागी अहिलेका  नेताहरुमा ब्यबस्थापकीय सक्षमता नरहेको निष्कर्ष निकाल्न सकिनेटिप्पणी गरे   कतिपय गरिब मुलुकहरु आज धनि बनिसक्दा नेपाल जहाको त्यही अझ धेरै गरिबितिर किन गैरहेको   ?  के मुलुकअसफल हुन लागेको हैन ?  मुल्मीले प्रतिप्रश्न गरे शासन प्रणालीको समस्या हो,  सम्बिधानमा वा सङ्घियता के को समस्या हो अबसमिक्षा गर्नुपर्ने बेला आएको भन्दै चिनको कम्युनिष्ट पार्टी कसरी विकासमा छलाङ्ग मार्यो यसबाट नेपालले सिक्न नसक्नु दुखदरहेको बताए   कम्युनिष्ट्ले साशन गरेको मुलुकहरु सबैभन्दा सफल भएको स्मरण गर्दै मुल्मीले नेपालमा पनि निश्चित सिद्दान्त भएपनीफुट्ने निकै गलत भएको उनले बताए

उनले,  नेपालको सबै चिजमा परनिर्भरता सुरु भएको ,  राज्यले कालो धन लुकाईरहेको नेपालबाट पुजी पलायन भएको बताए,  उनले लगानी योग्य पुजी रकम निकै कम भएका भन्दै प्राकृतिक स्रोत को प्रयोग परिचालन गर्न राज्यले निति नबनाउदा नेपाललेआफ्ना स्रोत प्रयोग गर्न नसकेको अब नसके देश विकास हुन नसक्ने टिप्पणी गरेका थिए

  यस्तै प्रेस युनियनका नेता एव बरिष्ठ पत्रकार गङगाधर न्यौपाने ले पत्रकारिता सुद्दृढ भएमात्रै लोकतन्त्र सुदृढ हुने बताए उनले भने,  नागरिक सरकार दुबैलाई सुसुचित खबरदारी गर्ने निकाय पत्रकारिता हो तर मिडिया अन्त्यन्तै कमजोर भैरहेका छ्न   मिडियामा खर्बबढी लगानी रहेको बताउदै त्यसको सुरक्षाप्रती राज्य वेवास्ता  भएको टिप्प्णी गरे   न्यौपानेले /१० अरबको विग्यापन बजारखुम्चिएर / अर्बमा पुगेको बताउदै,  यो पत्रकारिताको लागी ईतिहासमै सबैभन्दा खतरनाक सन्कट भएको बताए मिडिया चौथो अङहो तर आफूअनुकुल नभए मिडियालाई चुत्थ्यो अङ्ग हो भनेर  आरोप लगाउने गरेको समेत न्यौपानेको टिप्पणी थियो

प्रेस सेन्टर गण्डकी प्रदेश ईन्चार्ज रामकृष्ण ज्ञवालीले ,सत्तामा नभएको सत्तामा गैइहाल्ने सम्भावना पनी नभएको पार्टीले पत्रकारको बारेमा गरेको यो चिन्ता को लागी धन्यवाद ब्यक्त गरे

उनले देशको हरेक आन्दोलन सफल बनाउन भुमिका खेलेका मिडिया आज सन्कटमा छ्न तर यसप्रती राज्यको कुनै चासो छैन भन्दै उनले  आफूलाई ठूलो लोकतान्त्रिक भनिने पूरानालाई गाली गरेर आएकाहरु ले नै मिडियामाथी सबैभन्दा धेरै आक्रमण गर्नु दुखद भएकोबताए सन्चार माध्यम वास्तममै सन्कटमा ,  यसलाई उठाउन सबै सरोकारवाला,  राज्य निति निर्मातले सोच्न जरुरी   हामीराजनितिक विचारको लागी लडिरहेका छौ,  तर बिचारमात्रै ठूलो कुरा रहेनछ त्यसैले अब सफा नियतका साथ मुलुकको आर्थिकबिकास गर्न केन्द्रीत हुनुपर्नेउनको जोड थियो

  नेपाल पत्रकार महासङ्घको गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा ले मिडियाले सधै जनताको आवाज  बोल्नुपर्ने बताए उनलेराजनितिक बिषय जोड्दै कम्युनिष्ट पार्टीबिच समाजवादी मोर्चा  बन्नु सुखद भएपनी स्वार्थ नमिल्दा फुटिहाल्ने परम्परा राम्रो नभएकोटिप्पणी गरेका थिए उनले देश बनाउनुपर्छ भनेर जुट्न लागेका हुन वा समाजवादी मोर्चा गठन भएको हो भने त्यो ठीक तर निश्चितस्वार्थमा हो भने यो दिर्घकालिन हुन नसक्ने बताए पत्रकार शर्माले ब्यबस्था परिवर्तन भएपनी अवस्था जस्ताको तस्तै रहेको भन्दैजनताको अवस्था सुधार गर्न राजनितिक दलहरुले दलभन्दा माथी उठेर लाग्नुपर्ने जोड दिए

नेपाल पत्रकार महासघ कास्कीका अध्यक्ष विमला भण्डारी ले देशको हरेक परिवर्तनमा सन्चारले खेलेको भुमीका अतुलनीय रहेपनी आजसन्चारजगतको भुमीकामाथी प्रश्न उठ्ने अबस्था किन आईरहेको बारे दुख ब्यक्त गरिन डिटिजल क्षेत्रको विकासपछि सामाजिकसन्जाल नै समाचारको प्लेटफर्म हो की ?  भन्ने भ्रम पैदा भएको भन्दै जनतामा डिजिटल साक्षरता आवश्यक रहेको पत्रकार भण्डारीकोजोड थियो 

पत्रकारले पत्रकारिता गरेर मात्रै बाचिराख्छ ?  भन्ने प्रश्न उठाउदै भण्डारीले पत्रकारलाई शुद्दिकरणसगै ब्यबसायीकबनाउन पनि आवश्य्क रहेको बताईन   उनले राजनितिक अस्थिरताका कारण आम नागरिक मिडियालाई झनै सन्कट बनेर आएकोकारण यसबारे सरोकारवालाले गम्भीर भएर सोच्न जोड गरेकी थिइन

जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर बिकले नेपालको सन्चारकर्मीहरुको आन्दोलन राजनितिक आन्दोलनजत्तिकै पुरानो  भएको बताउदै पत्रकार महासघले पनि समाजवादकोलागी बहस उठाउनुपर्ने विकले बताए

प्रेस सेन्टरका सचिव  एव न्युनतम पारिश्रमिक समितिका सदस्य माधव पनेरुले विश्व अर्थतन्त्रमा देखिएको प्रभावले नेपालको आन्तरिकअर्थतन्त्रमा पनि प्रभाव पारेको  बताए पछिल्लो सम्विधान जारी भएपछी त्यसलाई प्रभावकारी कार्यान्वयमा मिडियाले आफ्नो दायित्वपुरा गर्यो कि गरेन समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाई थियो

उनले मिडिया आफैमा चुनौतीमा ,  श्रमजीवीले महिनाभर काम गरेर तलब पाउदैन भने उस्ले आफ्नो दायित्व कसरी पूरा गर्छ ?  प्रतिप्रश्न गरे उनले विग्यापन बजारमा आएको सन्कुचनको कारणले मिडिया सन्कटमा भएको बताउदै सरकारले विग्यापन बजारलाईएकद्वार बनाउनुपर्ने बताएका थिए

कार्यक्रमको सहजीकरण जनपत्रीकाका प्रधानसम्पादक प्रकाश डुम्रेले गर्नुभएको थियो

कार्यक्रममा उठेका बिषयबस्तुलाई जवाफ दिदैअध्यक्ष अनिल शर्मा बिरहीले आफूहरु समाजवादी मोर्चा गठन गरेर अगाडी बढ्न लागेको  बताएका थिए।