राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड मा.वि बुटवलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीले शनिबार एक भव्य समारोहका बीच स्वागत गरेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा बुटवल उप– महानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११ को विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकायमा भर्ना भएका ८ सय ३५ जना विद्यार्थीहरूलाई टिका तथा खादा लगाएर सम्मान गरिएको थियो ।


सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि खेलराज पाण्डेले अक्सफोर्ड मा.वि बुटवलको मात्र नभई राष्ट्रकै उत्कृष्ट विद्यालय भएको बताउँदै संस्थापक तथा प्राध्यापकहरुलाई धन्यवाद व्यक्त गरें । फरक प्रसङ्गमा कुरा गर्दै मेयर पाण्डेले बुटवल नगर वीरताको गाथा बोकेको तथा साँस्कृतिक सम्पदाको खानी भएको हुँदा यसको जगेर्ना गर्नु विद्यार्थीहरूको पनि दायित्व रहेको बताए ।
विद्यालयका प्राचार्य दिनेश भुसाल, राष्ट्रिय परीक्षा बोर्डका परीक्षा शाखा प्रमुख बाबुराम भण्डारी, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, प्राध्यापक सुमन भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, ललित खरेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, रिपोर्ट्स क्लब लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थीलाई सम्मान तथा विभिन्न विद्यार्थीहरुका नृत्यहरु प्रस्तुत गरिएको थियो । साथै सोही कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रमोद खरेल र एलिना चौहानले विद्यार्थी तथा प्राध्यापकहरूलाई छमछमी नचाएका थिए । कार्यक्रम प्राध्यापक सुमन भुसालको स्वागत, नारायण सापकोटाको स्वागत गीत तथा विद्यार्थीहरू प्रशान्ना के.सी, वसन्त रेग्मी, आस्था रिजाल, प्रितम ज्ञवाली, सरस्वती खनाल र निष्मा पन्थीको सञ्ञ्चालनमा सम्पन्न भएको थियोे ।