अनखबर बुटवल
आजदेखी बुटवलमा सुरु भएको धर्म। ज्योतिष तथा बास्तु सम्मेलनको लागी देशभरबाट झण्डै ५ सय ज्योतीषी तथा धार्मिक पण्डितहरु बुटवलमा जम्मा भएका छन् ।
विश्व ज्योतिषी महासंघ लुम्बिनी प्रदेशको आयोजना र लुम्बिनी पूजा सामग्रीको सहआयोजनामा बुटवल सिद्धार्थ कटेजमा आजदेखी सुरु भएको सम्मेलनमा नेपाल र भारतका गरी ५०० जनाभन्दा बढीको सहभागिता रहेको छ ।


सम्मेलनले सनातन धर्म पद्धतिअनुसार आशौच परिचय र निर्णयहरू बुझ्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न एवं दैनिक जीवनमा गरिने अनेक धार्मिक, ज्योतिषी वा अन्य विशेष अनुष्ठानहरुमा हुने गरेका विविध समस्याहरु आउने र त्यसको यथार्थ व्याख्या र विश्लेषणसहित निश्चित मापदण्डबारेमा छलफल गरि निष्कर्ष निकाल्नेगरी सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा तीनवटा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनको पहिलो दिन धर्मशास्त्र विशेषज्ञ प्रा.डा.देवमणि भट्टराईले अशौच, परिचय र निर्णयहरू विषयक कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।


दोस्रो दिन ज्योतिष शास्त्रमा वैदेशिक यात्राका विषयमा उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, प्रशिक्षण वास्तु तथा जीवनमा डा।माधव मंगल जोशीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

IMG_4668
सम्मेलनमा धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष विद्या, योग, तन्त्र, साधना, वास्तु विज्ञ, निर्माण व्यवसायी, व्यापारी, एवं वास्तु विषयसँग रुचि राख्ने र तत्सम्बन्धी काम गर्दै आएका व्यक्तिहरू पनि सहभागी छन् ।


नेपालमै पहिलोपटक आयोजित यो सम्मेलनले समग्र धार्मिक, ज्योतिषीय, वास्तु एवं अुनष्ठानका भ्रामक विषयहरुको अन्त्य गरी नयाँ मापदण्डहरु लागू गरिने र त्यसबारे सम्बन्धित निकायलाई समेत सुझाव दिई, निष्कर्षलाई आधिकारीता दिईने समेत आयोजकले जनाएको छ ।