रुपन्देही, २७ साउन ।
रोट्रयाक्ट क्लब अफ बुटल साउथको अध्यक्षमा सुविन खड्का चयन भएका छन् । क्लबको २० औं पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२२र२३ का अध्यक्ष भुपेन पाण्डेले वर्ष २०२३र२४ का अध्यक्ष खड्कालाई पद हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा वर्ष २०२२र२३ का अध्यक्ष पाण्डेले वर्षभरी गरेका कार्यप्रगति एवं सामाजिक कामबारे जानकारी गराउँदै क्लबलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा पदभार ग्रहण गर्दै वर्ष २०२३र२४ का अध्यक्ष खड्काले निवर्तमान अध्यक्षले आगाडि सारेका नयाँ योजनालाई निरन्तरता दिँदै यो वर्ष केही नयाँ र फरक खालका कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि रोट्रयाक्ट डिष्ट्रिका डीआरआर रोशन कार्कीले रोट्रयाक्ट क्लबहरुले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकारहरुले गर्नुपर्ने काम सामाजिक क्षेत्रमा स्थापित रोट्रक्याट क्लबहरुले गर्दै आएको बताए ।
रोट्रक्याट क्लबहरुले गरीब, दुखी, असहायहरुको क्षेत्रमा सक्दो सहयोग आएको उनले बताए । विशेष गरी युवाहरुको नेतृत्व विकास, क्षमता विकासमा कार्यक्रमलाई उच्च प्राथमिकतामा विभिन्न खालका तालिमहरु सञ्चालन गर्दै आएको उनले बताए । रोट्रयाक्ट क्लब अफ बुटबल साउथले विगतदेखि सामाजिक क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन उनले आग्रह गरे ।
त्यस्तै सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले रोट्रक्याट क्लब अफ बुटबल साउथले सामाजिक क्षेत्रमा खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै यस क्लबसँग सहकार्य गरी विभिन्न खालका कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा रोटरी क्लव अफ बुटबल साउथका संस्थापक अध्यक्ष रामचन्द्र आचार्य, रोटरी क्लब बुटबल साउथकी अध्यक्ष शारदा पंगेनी, रोट्रयाक्ट डिष्ट्रिकका डीआरआर इलेक्ट विक्रम क्षेत्री, यादव भट्टराईलगायतले शुभकामना व्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष सुविन खड्काको अध्यक्षता, ईलेक्ट अध्यक्ष सुदिप पौडेलको स्वागत तथा सचिव नविन खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।