नेपाल जितको नजिक, फाईनलमा नेपालले दियो १८५ रनको लक्ष्य
टी–२० विश्वकप छनोट खेलमा नेपाल विजयोन्मुख पुगेको छ । विगतमा भन्दा निकै दरिलो लक्ष्य ओमानलाई १८५ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।
यसअघि समूह चरणको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । फाइनल खेलमा नेपाललाई ओमानसँग बदला लिने अवसर छ ।