प्रकाश डुम्रे/जाजरकोट
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जाजरकोटको भुकम्प प्रभावित बस्ती नलगाड नगरपालिका १ को चिउरी बस्तीबाट पार्टीको भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गर्नुभएको छ ।


भुकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माण गरि उद्घाटन गर्नु भएको हो ।
नलगाड संगै जाजरकोटका अन्य प्रभावित बस्तीमा पार्टीले पुनर्निर्माण अभियान सञ्चालन गर्ने तयारी भईरहेको जाजरकोटका जिल्ला ईन्चार्ज विराजनले बताए ।
पार्टी द्वारा संकलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरि राति अबेर नलगाड पुगेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरु संगको छलफल पछि शनिबार बिहान नलगाड आसपासका भुकम्प पिडितहरु संग भेटघाट गरी यो जटिल अफ्ट्यारोमा आफ्नो पार्टी जनतासँग संगै भएको बताएका थिए । नालगाड गाउँमा १३ जनाको भुकम्पमा परी मृत्यु भएको छ
गत कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले नलगाड गाउँ स्तब्ध छ । सबै घरहरू भत्केको छन् । मृतकका परिवारमा विच्चलि भएको छ ।
भुकम्प पिडीत भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका भुकम्पपिडितको राहत तथा उद्वारका लागि नेकपाका झण्डै डेढ सय नेता कार्यकर्ता यस अगाडि देखिनै नियमित राहत वितरण,उद्वार,स्वास्थ उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन सक्रियता पुर्वक लागिरहेका छन् । सोही गाउँमा पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव डाक्टर प्रकाश सी,पिताम्बर सी,मान्यता सी नेतृत्वको मेडिकल टोली जाजरकोटका एकदमै दुर्गम गाउँ बस्तीमा उपचारमा खटिएका छन् ।
जाजरकोट पछि महासचिव विप्लवको केन्द्रीय टोली रुकुम र सल्यान जाने कार्यक्रम रहेको छ ।