संवाददाता
युएईमा सक्रिय सामाजिक संस्था वालिङ् समाज स्याङ्जा युएईको अध्यक्षमा वालिङ् १२ का सुर्य गोतामे चयन भएका छन् ।

अधिवेशनले गोतामेको अध्यक्षतामा २७ सदस्यीय पदाधिकारी चयन गरेको हो । जसको बरिस्ठ उपाध्यक्षमा प्रसिद्ध सनातनी(रेग्मी),उपाध्यक्षमा राजेश गैरे,महिला उपाध्यक्षमा लक्ष्मी भट्टराई,महासचिवमा युवराज तिवारी,उपमहासचिवमा रक्षा गैरे(लुईटेल),सचिव अर्जुन पाठक र अर्जुन न्यौपाने,कोषाध्यक्षमा कृष्णलाल डुम्रे,सह-कोषाध्यक्षमा तुलसी न्यौपाने,प्रवक्तामा तारा प्रसाद न्यौपाने र सदस्यहरुमा फत्त बहादुर डाला,तेजु भट्टराई,मिना कुमारी गैरे,टिकाराम लुईटेल,रेनुका न्यौपाने ,जनार्दन पराजुली,श्याम क्षेत्री,ईश्वरी पाठक,प्रेम कुंवर,चन्द्र कुंवर,प्रकाश लुईटेल,मिनकला डुम्रे पौडेल,सरिता खनाल,लक्ष्मी डुम्रे,सागर डुम्रे र मान गुरुङ रहनु भएको छ ।


समाजले युएईमा विभिन्न रचनात्मक कार्यक्रम गर्नुका साथै अफ्ट्यारोमा परेका ठाउँमा सहयोग तथा समन्वय गर्ने कार्य गर्दछ् ।

वालिङ् भित्र विभिन्न ठाउँमा भए गरेका दैवीप्रकोप लगायतका समस्यामा समेत सहयोगी भुमिका खेल्दै आएको छ ।
२ बर्षका लागि चयन भएको समितिलाई थप सक्रिय र प्रभावकारी बनाउन प्रयास गरिएको नवनिर्वाचित महासचिव युवराज तिवारीले अकला आवाजलाई बताए ।