अकला/संवाददाता
स्याङ्जाको गल्याङ नगरपालिका वडा ३ मा रहेको श्री भानुभक्त आचार्य माविको विधालय व्यवस्थापन समितिको बैठक पुस्तिका गल्याङ नगरपालिकाले नियन्त्रणमा लिएको छ ।
गत बिहिवार नगर प्रमुख गुरु प्रसाद भट्टराई,प्रमुख प्रशाशकिय अधिकृत दामोदरप्रसाद शर्मा,वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई र शिक्षा शाखा प्रमुख केदार आचार्य लगायतको टिमले व्यवस्थापन समिति र शिक्षक बैठकको माईन्युट लिएर गएको शुक्रबार मात्रै अवकाश भएका तत्कालीन प्र.अ.रमाकान्त पाठकले अकला आवाजलाई बताए ।
माईन्युट नियन्त्रणमा लिएको बिषयमा मेयर भट्टराईलाई अकलाले प्रश्न गर्दा उनलेे भने:- नियन्त्रण नै होइन तर केही बिषय बुझ्नु पर्ने भएकोले माईन्युट ल्याएको स्विकारेका छन् ।
मेयर भट्टराईले विधालयमा परीक्षा प्रणाली,आर्थिक अनियमितता लगायतका बिषयमा प्रश्न उठेपछि नगर प्रमुखको नाताले बुझ्न खोजेको बताए ।
भट्टराईले भने भानु मावि नगरको गहना विधालय हो तर यहाँको शैक्षिक र व्यवस्थापकिय नेतृत्वले सकारात्मक काम नगरेपछि हस्तक्षेप गर्नुपरेको बताए । गल्याङका सबै माविहरु मध्य सबैभन्दा कमजोर गुणस्तर भानुमा भएकोले यसलाई सुधार्न प्रयास गर्न खोजेको तर्क मेयर भट्टराईको छ । भट्टराईले भने विधालय सुर्धान खोज्दा अनावश्यक षड्यन्त्रको भयो उनलेे भने । तर यता विधालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञ अर्यालले नगरपालिकाले अनावश्यक हस्तक्षेप गरि दादागिरी देखाएको टिप्पणी गरेका छन् । अध्यक्ष अर्यालले प्र.अ. पाठक अनिवार्य अवकाश भएपछि आफू अनुकूलको अर्को प्र.अ. ल्याउन चलखेल भएको बताए ।
अध्यक्ष अर्यालले शुक्रबार प्र.अ.पाठकको विदाई कार्यक्रम थियोे,नगरपालिकाले माईन्युट लगिदिएपछि अर्को माईन्युट बनाएर कार्यक्रम र विदाई गरेको बताए ।
यश बिषयमा शुक्रबार मात्रै अवकाश भएका पाठकलाई सोध्दा उनलेे भने, यो कहानी लामो छ तर छोटकरीमा भन्दा मलाई पटकपटक नगरपालिकाका शिक्षा प्रमुख केदार आचार्यले हामीले भनेको मान्छेले निमित्त प्र.ह. जिम्मेवारी दिनुस् होइन भने तपाईंलाई पछाडि अफ्ट्यारो हुन्छ भन्दै धम्काएको बताए ।
शिक्षा प्रमुख आचार्य लगायतको टिमले काङ्ग्रेस सम्बद्ध ठानिएका शिक्षक बालकृष्ण न्यौपानेलाई निमित्त प्र.ह.बनाउन दबाब दिएका थिए ।
तर प्र.अ. पाठकले बरिस्ठताका आधारमा बामपंथी ठानिएका शिक्षक निम प्रसाद पौडेललाई निमित्तको जिम्मेवारी दिएपछि घटनाक्रम थप पेचिलो बनेको स्रोतले बताएको छ ।
आर्थिक चलखेल र विवादास्पद पृष्ठभूमिको आरोप लागेका प्रमुख प्रशाशकीय अधिकृत दामोदर शर्माले तत्कालीन प्र.ह. पाठकलाई क्वाटरमा बोलाएर तपाईं पनि काङ्ग्रेसको मान्छे हो,बालकृष्णलाई निमित्त दिनुस् पछि जानकी माविमा अध्यापन गरिरहेका लेखनाथ चापागाईंलाई प्र.अ. बनाउने योजना छ,यसमा तपाईंले साथ दिनुस् भनेर दबाब दिएको समेत बुझिएको छ ।
युवाहरू माझ लोकप्रिय र केही गरौं भने हुटहुटी भएका मेयर भट्टराईलाई प्रशाशकीय दामोदर र शिक्षाका केदारले विभिन्न घटनाक्रम विवादमा पार्दै आएको नगर निकट सम्बद्ध स्रोतले बताएको छ ।
आफूहरूको स्वार्थका लागि मेयर भट्टराईलाई अनावश्यक सुझाएर शर्मा र आचार्यले चलखेल गर्दै आएको स्रोत बताउँछ ।
केही बर्ष अगाडि विधालय व्यवस्थापन समिति आफ्नो बनाउने खेलमा काङ्ग्रेस र एमालेले गल्याङमा सडक बन्द समेत गरेका थिए ।