वालिङ् संवाददाता
यतिखेर स्याङ्जा वालिङ महोत्सवको चर्चामा छ । कोभिड १९ पछि रोकिएको महोत्सव ५ बर्ष पछि माघ १८ गतेदेखि २८ गतेसम्मका लागि चलिरहेको छ । महोत्सवको आयोजक २ वटा संस्था रहेका छन् । वालिङ् नगरपालिका र वालिङ् उधोग वाणिज्य संग ! महोत्सवको लगभग सबै काम ठेकदारलाई दिएपछि उधोग वाणिज्य संघका पदाधिकारीहरुको काम भनेको २ वटा मात्रै रहेको छ एउटा अतिथि व्यवस्थापन र अर्को ठेकदारले दिने निश्चित पास बाडफाड्को व्यवस्थापन ।
प्रमुख अतिथिमा उद्घाटनमा काङ्ग्रेसको भागमा परेपछि समापन एमालेलाई दिएपछि त्यो समस्या तत्कालका टरेको छ ।
अर्को पदाधिकारीमा सबैभन्दा लफडा छ महोत्सव पासको बिषयलाई लिएर ।
सुरुवातमा ठेकदारले आयोजकलाई १७ सय नियमित र ६ सयको हाराहारीमा पटके पास दिने सहमति भयो तर पछाडि वाणिज्य संघका पदाधिकारीले ठेक्का विपरीत ४ हजार पास चाहिने अडान लिएपछि केही समय ठेकदार कम्पनी रुष्ट भयो । लामो बादविवाद र छलफल पछि ठेकदारले ४ हजार पास दिने सहमति जनाए ।
अब ती पास काङ्ग्रेस एमालेमा कसरी बाढ्ने झगडा सुरु भयो । उद्घाटनका दिन सचिवालयको लफडाको मुख्य बिषय त्यहीँ हो ।
काङ्ग्रेस एमालेले टोलटोलमा पुगेर आफ्ना कार्यकर्तालाई महोत्सव पासका लागि भन्दै फोटो उठाएका थिए । महोत्सव पासको खेल-खण्डमा काङ्ग्रेस अलमल परेपछि धेरै पास बाढ्न एमाले सफल देखिएको छ ।
पास पाएपछि कतिपय खुसी पनि छन्,महोत्सवमा पास पाउँदा केही नागरिक खुसी हुनु पनि ती पार्टीका लागि ठुलो सफलता भएको हुन सक्छ ।
कतिपय संघमा दर्ता भएका व्यापारीलाई पास दिएको छ भने केही क्लब र आमा समुहलाई पनि दलको ढोका मार्फत पास बाढेर दलहरूले घृणित र तल्लोस्तरको राजनीति गरिरहेका छन् ।
वाणिज्य संघका एक पदाधिकारीले अकला आवाजलाई भने:- साथीहरू पासको राजनीति गरे, महोत्सवस्थलमा आम सर्वसाधारण भन्दा पास बोकेका दर्शक धेरै देखिएको बताए ।
उनलेे भने झण्डै १५ सय पास एमाले,१२ सय पास काङ्ग्रेस,१ हजारको हाराहारीमा व्यापारीहरु,१५० पास पत्रकार र समाचार माध्यमहरु र बाकी पासहरु अन्य दलहरू लगायतलाई पुगेको बुझिएको छ ।
उद्घाटनका दिन राति सचिवालयमा भएको तोडफोड पछि पुनः ७ सय पास बाढ्ने समझदारी भएपछि काङ्ग्रेस एमाले विच कुरा मिलेको हो ।
यद्यपि आज तेस्रो दिनसम्म दर्शकहरुको बाक्लो सहभागीता रहेको आयोजकले बताएको छ ।