संवाददाता
नेपाल कम्युनिस्ट पार्टी निकट नेपालीहरुको शुभेच्छुक अन्तर्राष्ट्रिय संगठन नेपाली जनप्रगतिशिल मोर्चा मध्यपुर्वबाट जाजरकोट/ रुकुमका भुकम्प पीडितहरुको आवास निर्माणको ७० हजार ३ सय ५५ रुपैया सहयोग पठाईएको छ । मोर्चाका संयोजक रमेश गिरीले सोमबार बिहान नेकपाका महासचिव विप्लव सीलाई उक्त सहयोगको चेक हस्तान्तरण गरेका हुन । पार्टीले सञ्चालन गरेको राहत कोषमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम चलिरहेको छ ।
यश अगाडि समेत पार्टीको पहलमा विभिन्न माध्यमबाट २ करोडको हाराहारीमा राहत हस्तान्तरण भईसकेको छ,भने प्रभावित जिल्लामा सयौं घरहरु बनाउन नेकपाले केन्द्रीय अभियान टिम खटाएको थियोे ।
सोमबार बिहान केन्द्रीय कार्यालय कपिलवस्तुमा महासचिव विप्लव, नेकपाका स्थायी कमिटी सदस्य विषम सी , पिबिएम तथा कार्यालय सचिव बीजय सी, सीसीएम सुशील सी सहितका कार्यालयका कमरेडहरुको उपस्थितिमा सहयोग हस्तान्तरण सहितका कार्यक्रम सम्पन्न भएको कार्यलय सदस्य विमर्श सीले अनखबरलाई बताए ।