संवाददाता
स्याङ्जाको भिरकोट नगरपालिका वडा ९ मा अवस्थित पिपलडांडा माध्यमिक विधालयको ५७ औं बार्षिकउत्सव तथा अभिभावक दिवस कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
भिरकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बोल्दै कोईरालाले सामुदायिक विधालयमा शिक्षा गुणस्तरीय बन्दै गएको बताउनुभएको थियोे । कार्यक्रमको बिशिस्ट अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश न्यौपाने (किरण), वडा ८ का वडा अध्यक्ष नन्दलाल खनाल,वडा ९ का सदस्य गुप्त बहादुर विक,बालमैत्री सहजकर्ता बिष्णु कुमारी काफ्ले,पुर्व विधार्थी विक्रम रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विधालयका शिक्षक प्रकाश त्यौपानेले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल राज रेग्मीले गरेका थिए ।
कार्यक्रमको बार्षिक प्रतिवेदन प्र.अ.रोमाकान्त न्यौपाने र शैक्षिक प्रतिवेदन शिक्षक प्रकाश न्यौपानेले राखेका थिए । उत्सव कार्यक्रममा पुरस्कार वितरण,उत्कृष्ट विधार्थी सम्मान,पुर्व विधार्थी सम्मान,सहयोगी दाताहरूलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियोे ।