अनखबर
प्राविधिक शिक्षा तर्फ आफ्नो अब्बलता प्रदर्शन गर्दै आएको अक्सबृज ईन्टरनेशनल एकेडेमीले आफ्ना नव आगन्तुक बिधार्थीलाई स्वागत गरेको छ । सरस्वती पूजाको अवसरमा बिधार्थीलाई स्वागत गरेको अक्सबृजले आगामी दिनमा बिधार्थीलाई शिक्षासगै सस्कार र सीपलाई जोड दिने पनी योजना बनाएको छ ।
कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्दै शिक्षा र संस्कार दुबै एउटै सिक्काका दुई पाटा भएको बताए । ब्यक्ति स्वस्थ्य भएमात्र समाजको विकास हुने तर्क दिदै उनले स्वस्थ्य मानव र समुदायबाट समुन्नत देश विकास हुने बताए । प्राविधिक शिक्षा लिइरहेका विद्यार्थीहरु अझ बढि संवेदनशिल हुनुपर्ने उनले
कार्यक्रममा एकेडेमीका अध्यक्ष गोबिन्द खनालले शिक्षामा ब्यापिकरणका कारण नया प्रविधि र सीप प्रयोग गर्न जरुरी रहेको बताए । २१ औ शताब्दीको माग अनुसारको प्राविधिक धारमा शिक्षा प्रदान गर्दै आएको उनले बताए । बिस २०५८ सालमा भाषा अध्यापन गराउने संस्थाका रुपमा बुटवलमा शुरु भएबाट अहिलेको अवस्थामा आईपुगेको उनले बताए । शिक्षा उत्पादनसँग जोडिनुपर्ने र त्यो बजारसँग जोडिनुपर्ने र त्यो प्रविधिसँग जोडिन जरुरी रहेको उनले बताए । शिक्षाको क्षेत्रबाट योगदान दिने पत्रकारलाई प्रोत्साहन गर्ने गरि एक जना पत्रकारलाई २५ हजार रुपैया पुरस्कारको समेत उनले घोषणा गरे ।
कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुदर्शन थापा, कार्यक्रममा कार्यबाहक अध्यक्ष गोबिन्द खनाल, प्रबन्ध निर्देशक डिपि खनाल, प्रशासकिय अधिकृत गणेश बेल्बासेले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो वितरण समेत गरेका छन ।
कार्यक्रममा एकेडेमीका प्रबन्ध निर्देशक डिपि खनालले प्राविधिक शिक्षा लिन चाहने युवाहरुलाई अक्सवृजमार्फत दक्ष जनशक्ति तयार गर्न सफल भएको बताए ।

यसैगरि एकेडेमीमा ब्याडमिन्टन, टग अफ वार लगायत विभिन्न खेलकुद गतिविधि समेत संचालन भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा एकेडेमीका पुर्व प्रिन्सिपल उपेन्द्र अर्याल आफ्नो कर्मभुमीका रुपमा अक्सवृज रहेको बताए । बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न एकेडेमी सफल भएको उनले दाबी गरे ।
कार्यक्रममा वरिष्ठ प्रशिक्षक एके सिह, मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापति कृष्ण प्रसाद भट्टराई, सिभिल ईन्जिनियर सन्तोष खनाल, पुर्व प्रशिक्षक लता खड्का, एकेडेमीका कोअर्डिनेटर केशव महत, अक्सवृज छात्रावासका राजेन्द्र खनाल, नवआगन्तुक रामेश्वर मिश्राले दक्ष जनशक्ति उत्पादनमा अक्सवृजको योगदानको चर्चा गरे । कार्यक्रम प्रशिक्षक सागर गैरेको सन्चालनमा सम्पन भएको थियो ।
एकेडेमीमा एचए, ल्याब टेक्निसियन, एग्रिकल्चर जेटिए र सब ओभरसियर विषयमा अध्ययन हुन्छ । एचए, ल्याब टेक्निसियनको ३ वर्षे कोर्ष र एग्रिकल्चर जेटिए र सब ओभरसियर को १८ महिनाको कोर्ष हुन्छ । करिब २ सय विद्यार्थीहरु अध्ययनत छन ।