संवाददाता
संघीय मामिला तथा कानुन मन्त्री धनराज गुरुङको हेलिकप्टर मोह छताछुल्ल भएको छ ।
माला र खादा समेत नलगाई आदर्श नेताको छवि देखाईरहेका गुरुङले पछिल्लो हप्ता स्याङ्जाका अति सामान्य कार्यक्रममा समेत हेलिकप्टर चार्टर्ड गरेर आउने गरेका छन् ।
युवा क्लबले आयोजना गरेको भलिबल खेलको उद्घाटनमा समेत गुरुङले हेलिकप्टर मोह देखाएका छन् । अझै अचम्म त के छ भने एउटा डाडांबाट अर्को डाडांसम्म जान समेत हेलिकप्टर प्रयोग गरेका छन् ।
गल्याङ नगरपालिकामा आयोजित उपमेयर संग शिक्षक कार्यक्रम सहभागी भएका गुरुङ वालिङ् १२ को भलिबल खेल उद्घाटन कार्यक्रममा सहभागी हुन हेलिकप्टर लिएर पुगेका छन् । जसको सडक यातायात दुरी १९ किलोमिटर मात्रै हो ।