संवाददाता
श्री मिसन थ्रि स्टार युवा क्लब वालिङ् १२ काउललेको भलिबल खेल उद्घाटन कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगर उपप्रमुख कविता तिवारी गैहले ग्रामिण क्षेत्रको विकासको लागि नगरपालिकाले उचित योजना बनाएर काम सुरु गरेको बताउदै ग्रामिण क्षेत्रमा मौरीपालन,ग्रामिण पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमहरु सहित योजना अगाडि बढेको बताउनुभयो ।

उपमेयर तिवारीले ग्रामिण क्षेत्रमा बढेको बसाईसराईँ रोक्न गाउँका युवाहरुलाई गाउँमै बस्ने बनाउनको लागि ग्रामिण पर्यटनलाई प्रवद्दन् गरिने समेत बताउनुभएको छ ।

उपप्रमुख तिवारीले युवायुवतीलाई उद्यमशील बनाउन नगरले २ करोड विनियोजन गराएको समेत बताउनु भएको छ ।एक अर्को प्रंशगमा तिवारीले वालिङमा यो अगाडि रोकिएको स्मार्ट सिटीको १ अर्ब बजेट सुनिश्चित गरि काम अगाडि बढेको समेत टिप्पणी गर्नु भएको छ ।

वालिङ बसपार्कलाई अत्याधुनिक बनाउने योजना सहित काम अगाडि बढेको बताउदै तिवारीले वालिङको विकासमा कतिपयले षड्यन्त्र गरेको समेत टिप्पणी गर्नु भएको छ ।आजिवन राजा बन्न खोज्नेहरुले वालिङ् क्षेत्रको विकासमा गम्भीर चलखेल र षड्यन्त्र गरेको तिवारीको दाबी थियोे ।