संवाददाता
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका दिपेस पुनलाई शुक्रबार बुटवल ल्याइ आइतबार ८ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।तर गुल्मी घर भएका सहकारीका मुख्य व्यवस्थापक सागर केसी भने अहिलेसम्म फरार छन् ।

केसी लगायतलाई सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । यसअघि सोही सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका शाखाकी कर्मचारी दुर्गा चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उक्त सहकारीको रकम हिनामिनामा मुख्य आरोपित जीवी राई भने अझै फरार छन् ।

संयोग त यो छ भने डेढ बर्ष अगाडि सहकारीका अध्यक्ष गुरुङले व्यवस्थापक केसीले आर्थिक अनियमितता गरेको भन्दै इलाका प्रहरी कार्यलय बुटवलमा लिखित उजुरी समेत दिएका थिए ।
तर प्रहरीले वास्ता नगरेको स्रोतले बताएको छ ।

सुप्रिम सहकारीका विभिन्न बैंक तथा सहकारीमा खाता समेत सञ्चालन गरिएको थियोे,तिनीहरूको खाता सञ्चालनमा समेत केसीको संलग्नता देखिन्छ,कागजातमा केसी नै व्यवस्थापक रहेको देखिन्छ,निकट स्रोतले अनखबरलाई भन्यो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले केही दिनमा अदालत पेस गर्ने तयारी गरेको छ ।