संवाददाता
सोमबार विहानै चापाकोट नगरपालिका ५ सिम स्थित सोम बहादुर आलेको गोठमा आगलागी भएको छ । बिहानै ५ बजे कुडो पकाउने क्रममा आगो सल्केको बुझिएको छ । आगलागीबाट आलेको ग‍ोठमा भएका १५ वटा बाख्रा र २० वटा कुखुरा जलेका छन् भने गोठ समेत जलेर पुर्ण नस्ट भएको चापाकोट उधोग वाणिज्य संघका अध्यक्ष निर्मल रानाले अकला आवाजलाई बताए ।