अनखबर / स्याङजा
नेपाल कम्युनिष्ट पार्टी स्याङजा जिल्ला समितिको आयोजनामा स्याङजाको गल्याङमा अन्तरक्रिया सम्पन्न भएको छ ।
‘वर्तमान राजनितिक संकट , राष्ट्रघात, राज्यको षडयन्त्र र यसको समाधान बिषयक अन्तरक्रिया गल्याङमा सम्पन्न भएको हो ।
अन्तरक्रिया मा उपस्थित अतिथी नेकपाका नेपाल कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्य एव पुर्वी गण्डकी ब्युरो इन्चार्ज क. आदर्श सीले ‘राष्ट्रघात र राज्यको षडयन्त्र’ बिषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणा पत्रमार्फत जनघात र राष्ट्रघातको शृङ्खला नेपालमा विगतदेखी नै चलिरहेको बताएका छ्न । एमसिसि राष्ट्रघातको पछिल्लो नमुना भएको भन्दै उनले अमेरिकाले आफ्नो केही थोरै पैसा छुट्याएर रिन प्रवाहा गर्ने र कमजोर राष्ट्रलाई कब्जा गर्ने रणनिति अपनाएको बताए । उनले देश विकास गर्न रिण लिन सकिने तर देश नै बेच्ने गरी देशलाई अरुको गुलामि बनाएर सहयोग लिन नहुने बताए । नेता आदर्शले नेपाललाई कब्जा गर्ने, चीनलाई घेर्ने र दक्षिण एसिय लाई युद्दमैदान बनाउने एमसीसी नेपाल आएको दाबी गरे । उनले देशघाती अपर कर्णाली, गण्डक, कोशी, महाकाली लगायतका दुखद सन्धी सम्झौताहरु तत्कालिन राजा, एमाले र काङ्रेसहरुको पालामा भएको भन्दै अहिले आईपुग्दा कतै सुन काण्ड, एनसेल काण्ड, कतै शरणार्थी काण्ड, कतै सरकारी जग्गा कब्जा गर्ने जस्ता फोहोरी खेलमा नेताहरु मुसिएको बताए ।
देशमा युवा पलायनता निकै दुखद कुरा भएको जोड्दै उनले एनसेलले पटकपटक कर छलिरहेको र पछिल्लो समय अर्बौ रुपैया छलेर कम्पनी बिक्री गरी देशलाई झुक्काएको बताए । उनले कम्युनिष्ट पार्टी उत्पादनमा जोडिनुपर्ने र नेकपाले देशैभरी उत्पादन गरिरहेको पनि बताए, नेता आदर्शले समाजवादी मोर्चा समाजवाद चहाने पार्टीहरु बिच मोर्चाबन्दी भएको बताउदै, विचार मिल्ने वामपन्थीहरु एकजुट हुनुपर्ने बताउदै मोर्चा बनेपछी देशमा समाजवादबारे बहस सुरु भएको समेत बताए ।
यस्तै कार्यक्रममा उपस्थित अतिथी नेपाल कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्य पश्चिम गण्डकका इन्चार्च विप्लव सी ले पटकपटकका आन्दोलनले फाल्न नसकेको राजतन्त्र जनयुद्दको जगमा फालेको हो, हिजो राजा त फालियो तर जनताले आज हजारौ राजाहरु जन्मे भन्न थालेका भन्दै यो सोचनिय बिषय भएको बताए ।
अहिलेको ब्यबस्था बिचौलियाको ब्यबस्था रहेको भन्दै उनले नागरिकको जीवन परिवर्तन गर्नको लागी यो ब्यबस्था असफल भैसकेको बताए । उनले ब्यबस्था परिवर्तनको लागी शान्तिपुर्ण रुपमा आफूहरुले प्रत्यत्न गरिरहेको बताउदै अहिले गठन भएको समाजवादी मोर्चापनि त्यही प्रत्यत्नको प्रतिफल भएको बताए । नेकपासग भएको ३ बुदे सहमति बिपरित राज्यले नेकपाका कैदिबन्दी अहिलेपनी नछोडेको, महासचिव विप्लवलाई पक्राउ पुर्जी जारी गर्ने जस्ता राज्यको षडयन्त्र भैरहेको उनले बताए । देशमा युवाहरुको पलायनता, कृषीमा परनिर्भरता, जनताको नैराश्यता चिर्दै नेकपाले आफैले आत्मनिर्भर उत्पादन गरिरहेको बताउदै देशलाई आत्मनिर्भर अर्थतन्त्र विकास गर्न उत्पादनलाई जोड दिनुपर्ने बताए । विचार मिल्नेहरु सबै एकैठाउमा आएर देश बनाउने तर्फ सोच्नुपर्ने भन्दै नेता विप्लवले राष्ट्रहित चहाने, देशभक्ती, वामपन्थीहरुसग नेकपा हातेमालो गर्न तयार रहेको पनि बताए । नेपालमा सबैभन्दा धेरै समाजवादको सम्भावना रहेको भन्दै उनले त्यही सम्भावना देखेको कारण एमसीसी मार्फत अमेरिका नेपाल छिर्न चाहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सम्योजक टक खनालले अहिलेको राज्यव्यबस्था बाडेर खानेमात्रै भएको र यो अपुरो रहेको बताए । उनले समाजवादी मोर्चाले विगतका सहयोद्दाहरुलाई एकैठाउमा ल्याईदिएको भन्दै उनले अहिलेसम्मको परिवर्तनको बाहाक आफूहरु भएको भन्दै अबको परिवर्तनको नेतृत्व पनि माओवादीहरुले नै गर्नुपर्ने बताए ।
यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष चित्र राना ले हामी सम्सदीय ब्यबस्था रहुन्जेलसम्म जनताका सबै आकाक्षा पुरा गर्न सकिदैन तर जेजती प्राप्त भएका छ्न यिनलाई लागू गर्दै जानुपर्ने बताए । रानाले विचार मिल्ने पार्टीहरुबिच एकता हुनुपर्ने धारणा राख्दै समाजवादमा जाने बाटो खुलिसकेको र सबै एकजुट भएर समाजवादमा जान एकबद्द हुनुपर्ने बताए ।


अन्तरक्रिया कार्यक्रममा बुद्दीजिवि मकबुल मिया , शिक्षक ईन्दिरा लुईटेल, गल्याङ उधोग वाणिज्य सघका अध्यक्ष धुर्व श्रेष्ठ लगायतले देशमा आर्थिक र राजनितिक संकट पैदा भएको भन्दै यसको समाधानको लागी सबै पार्टीहरु पार्टीगत स्वार्थभन्दा माथी उठेर एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । धुब्र सीको सन्चालनमा भएको कार्यक्रमको अध्यक्षता नेकपा जिल्ला इन्चार्ज सागर सी ले गरेका थिए ।