क्रान्ति अर्याल/गल्याङ
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जा र गल्याङ नगरपालिकाको संयुक्त आयोजना, Save the children,Japan-Nepal health and TB research association को प्राविधिक सहयोगमा बुधबार गल्याङ स्थित नगर अस्पतालमा छाती रोग सम्बन्धि नि:शुल्क एक्सरे शिविर सम्पन्न भएको छ ।

शिविरमा ३७० जना बिरामीले सेवा लिएका थिए । त्यसमध्ये ९ जना बिरामीमा क्षयरोगको संक्रमण देखिएको छ भने ३१ जना बिरामीलाई थप संकास्पदको नमुना संकलन गरि जीनस्पट सेन्टरमा पठाइएको वरिष्ठ छातीरोग विशेषज्ञ डाक्टर प्रमोद भट्टराईले अनखबरलाई बताए ।
गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न शिविरको संचालन स्वास्थ्य शाखा प्रमुख विष्णु ओलीले गरेका थिए भने कार्यक्रममा गल्याङ ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, क्षयरोग सुपरभाइजर अधिकृत विष्णु प्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियोे ।