क्रान्ति अर्याल/गल्याङ
गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले नगरपालिका भित्रको शिक्षालाई रचनात्मक र सिर्जनात्मक बनाउने बताएका छन् ।
गल्याङ नगरपालिकाको आयोजना गरेको गल्याङ ट्यालेन्ट शो-२०८१ को अवसरमा बोल्दै प्रमुख भट्टराईलाई विधार्थीलाई वृहत् विकासको लागि किताबी किरो भन्दा रचनात्मक क्षमता विकास गरेर अगाडि बढाउनु पर्ने बताए । नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यनरत विद्यार्थी केन्द्रित “सेकेन्ड गल्याङ ट्यालेन्ट शो २०८१” शुक्रबार सम्पन्न गर्दै भट्टराईले आगामी बर्षहरुमा समेत यो विधीलाई अझै व्यवस्थित बनाउने बताए ।
ट्यालेन्ट शो कार्यक्रममा कक्षा ३-५ सम्मको नेपाली एकल पठन सीप प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरि जम्मा ४३ विद्यालयको सहभागिता रहेको थियो । त्यसमध्ये श्री सार्वजनिक मा.वि का कृशु पंगेनी प्रथम, श्री गल्कोट मा.वि. का अस्मिता सारु द्वितीय, श्री हिमाञ्चल मा.वि. का अर्जुन भण्डारी तृतीय र श्री कोपिला मा.वि. का दिप्सना रानाले सान्त्वना स्थान हासिल गरेका छन ।
त्यसै गरि अंग्रेजी एकल पठन सीपमा ३३ विद्यालय सहभागी भएका थिए । त्यसमध्ये श्री सार्वजनिक मा.वि. का दिक्षान्त श्रेष्ठ प्रथम, चिराग आवासीय मा.वि. का सुशाङ्क सिन्जाली द्वितीय, श्री गल्याङ भुपु सैनिक का आर्यन भट्टराई तृतीय र श्री हुलाक आ.वि. का रितिका भट्टराईले सान्त्वना स्थान हासिल गरेका छन ।

कक्षा ३-५ को नेपाली हस्तलेखन प्रतियोगितामा ४४ विद्यालयको सहभागिता रहेको थियो । त्यसमध्ये श्री गल्कोट मा.वि. का जेनिष श्रेष्ठ प्रथम, श्री शिवालय मा.वि.का रितु श्रेष्ठ द्वितीय, श्री राधाकृष्ण आ.वि. का रेनिशा राना तृतीय, चिराग आ.मा.वि. का सृष्टि भण्डारीले सान्त्वना स्थान हासिल गरेका छन ।
कक्षा ४-८ को चित्रकला प्रतियोगितामा ३३ विद्यालयको सहभागिता रहेको थियो । त्यसमध्ये श्री नरोदय मा.वि. का अनुष्का सुनार प्रथम, श्री गल्कोट मा.वि. का महिष्मा थापा द्वितीय, चिराग आ.मा.वि. का आयुषा श्रेष्ठ तृतीय र श्री कोपिला आ.वि. का खुसी रानाले सान्त्वना स्थान हासिल गरेका छन् ।

कक्षा ६-८ को अंग्रेजी हस्तलेखन प्रतियोगिता तर्फ
गल्याङ भुपु सैनिक मा.वि. प्रथम, श्री भानुभक्त आचार्य मा.वि. द्वितीय, नेशनल गोल्डेन फ्युचर इङलिस बोर्डिङ तृतीय र श्री सार्वजनिक मा.वि. ले सान्त्वना स्थान हासिल गरेको छ ।

कक्षा ८-१२ को वक्तृत्वकला प्रतियोगिता तर्फ श्री सार्वजनिक मा.वि. का कामना पंगेनी प्रथम, श्री भानुभक्त आचार्य मा.वि. का मन्जुश्री अधिकारी द्वितीय, श्री आदर्श आ.मा.वि. का गोमा रेग्मी तृतीय, श्री बज्रे भञ्ज्याङ् मा.वि. का सुम्निमा गाहा र चिराग आ.मा.वि. का सुदिक्षा खनालले सान्त्वना स्थान हासिल गरेका छन् ।

कक्षा ८-१२ को कविता लेखन तथा वाचन प्रतियोगिता तर्फ त्यसमध्ये श्री रामनदीधाम संस्कृत गुरुकुलमका सुरज रेग्मी प्रथम, कालिका मा.वि. द्वितीय, आदर्श आ.मा.वि. तृतीय र सार्वजनिक मा.वि. ले सान्त्वना स्थान हासिल गरेका छ ।

त्यस्तै कक्षा ८-१२ को एकल हाजिरी जवाफ प्रतियोगिता तर्फ श्री गल्कोट मा.वि.का उत्सव डुम्रे प्रथम, शिवालय मा.वि. का टोपला भण्डारी द्वितीय, कालिका मा.वि. का थमन थापा तृतीय र भानुभक्त आचार्य मा.वि. का आयुष भट्टराईले सान्त्वना स्थान हासिल गरेका छन् ।

कक्षा ६-१२ को एकल गायन तर्फ चिराग आ.मा.वि प्रथम, श्री महेन्द्र दर्शन मा.वि. द्वितीय, श्री गल्कोट मा.वि. तृतीय र श्री गण्डकी मा.वि. ले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रथम पुरस्कार रु ३०००, शिल्ड र प्रमाणपत्र,
द्वितीय पुरस्कार रु २०००, शिल्ड र प्रमाणपत्र,
तृतीय पुरस्कार रु १५००, शिल्ड र प्रमाणपत्र र
सान्त्वना पुरस्कार रु १००० र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता प्रशाशकिय अधिकृत दामोदर शर्माले गरेका थिए ।