अनखबर
लामो समयदेखी चर्चामा रहेको भरतपुर–गैडाँकोट जोड्ने नारायणी नदीमा बन्ने सिग्नेचर पुल आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अत्याधुनिक प्रविधिको स्वदेशी लगानीमा बन्ने पहिलो सिग्नेचर ब्रिजको शिलान्यास गरेका हुन् ।
सिग्नेचर ब्रिज अहिले नारायणी नदीमा भएको पुल नजिकै बनाइने भएको हो। पुरानो पुल दुई लेनको मात्रै थियो। यहाँ सवारी साधनको अत्यधिक चाप रहेको र पुल साँघुरो भएका कारण विकल्प आवश्यकता औँल्याइएको थियो। नारायणी नदीको अहिलेको पुल पुरानो र साँघुरो भएकाले पनि नयाँ पुल बनाउन लागिएको हो। अहिलेको पुल २०३८ सालमा बनेको हो। त्यतिखेर बनाइएको पुलले अहिलेको ट्राफिक थेग्न नसकेकाले नयाँ पुलको आवश्यकता परेको हो ।
यता बुटवलको तिनाउँ नदीमा बनेको पुर्व पश्चिम राजमार्गको पुलसमेत जिर्ण बन्दै गईरहेको छ । तिनाउँ नदीमा सिग्नेचर पुल बनाउने भन्दै धेरै पटक चर्चा र परिचर्चाहरु भएपनि पुलको डिजाईन नै फाईनल हुन सकेको छैन, विश्व बैंकको ऋण सहयोगमा बनाईने भनिएको पुलको ठेक्का नै आव्हान हुन नसकेको सडक विभागका बैदेशिन महाशाखाको एक कर्मचारीले बताए । स्वेदशी लगानीमा बनेको पहिलो पुल नारायणीको सिग्नेचर पुल भएपनि विदेशी ऋणकै आधारमा भएपनि बुटवलमा सिग्नेचर पुल बनाउने भन्दै तत्कालिन अर्थमन्त्री रहेका विष्णु पौडेलले घोषणा गरेका थिए तर उक्त कार्यक्रम अहिले भने अनिश्चित जस्तै बनेको छ । तिनाउँ पुल जिर्ण बनिरहेको अवस्था, बढ्दो सवारी चाप र बुटवलमा पर्यटकीय विकासको लागी सिग्नेचर पुल तत्कालन बन्नुपर्ने आवश्यकता देखिन्छ, तर यसबारे ठोस पहल भने हुन सकेको छैन् ।