अनखखर
बजेट आउनुअघि सरकारले हरेकबर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दछ । आगामी आर्थिक बर्षको लागी बजेट आउनु पूर्व आज नीति तथा कार्यक्रम ल्याउँदैछ , राष्ट्रपतिले बाचन गर्ने उक्त कार्यक्रमममा आज राष्ट्रपति संघिय ससंद भवन प्रवेश गर्नेछन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसद भवनलाई सिंगारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन बजे बस्ने संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
राष्ट्रपति आउनुअघि उनको सवारीको रिहर्सलसमेत गरिएको छ । रिहर्सलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दहाल, संसद सचिवालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीहरु सहभागी थिए ।
संसद भवन भित्र र बाहिर सुरक्षा व्यस्था चुस्त बनाइएको छ । सुरक्षाकर्मीहरुसँगै तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।
संघीय संसद भवनलाई राष्ट्रिय झण्डा, तोरन र फूलले सजाइएको छ । पानीको फोहोरा फ्यांक्ने फाउन्टेन पनि चलाइएको छ ।