अनखबर / नवलपूर
नेपाल कम्युनिष्ट पार्टी नवलपूर जिल्ला समितिले १५ औं बेपत्ता योद्दा स्मरण दिवसको अवसरमा मध्यबिन्दुको बसन्तपूरमा जिल्लाका बेपत्ता योद्दाका ८ परिवारलाई सम्मान गरेको छ । जिल्लाबाट तोयानाथ न्यौपाने, कृष्णप्रसाद श्रेष्ठ, टिका रानाभाट, जानकी रानाभाट, धर्म पराजुली, गङ्गा केसी, जित बहादुर बिक र राजकुमार बिक बेपत्ता भएका थिए ।

उनीहरु परिवारलाई आर्थिक सहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै पार्टीका केन्द्रीय सदस्य एव नवलपूर जिल्ला इन्चार्ज जुझारुले सहिद तथा बेपत्ताले देखेका सपनाहरु पूरा नभएको भन्दै नेकपा त्यही सपनाहरु पूरा गराउन लडिरहेको बताए । उनले समाजवादी सत्ता स्थापना भएपछी मात्र बेपत्ता र सहिदहरुको सपना पूरा गर्न सकिने कुरामा जोड दिएका थिए । सम्मानित बेपत्ता योद्दा राजकुमार विकको दाई मनोज गौतमले धेरै पार्टीले बेपत्ता र सहिदलाई बिर्सेको भन्दै नेकपाले सहिदले देखाएको बाटो नछोड्न सुझाब दिएका थिए ।