नेपाल कम्युनिष्ट पार्टी गोरखाले बेपत्ता योद्दा स्मरण कार्यक्रम सम्पन्न गरेको छ । दिवसको अवसरमा बेपत्ता योद्दा जमुना कुमालको परिवारजनलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी पार्टी केन्द्रीय सदस्य एव गोरखा जिल्ला इन्चार्ज कपिल सीले बेपत्ता योद्दाहरुको स्थिती हालसम्म पनि सार्वजनिक हुन नसक्नु दुखद रहेको बताए । नेता कपिलले ज्युदो भएको वा सहिद भएको स्थिती सार्वजनिक गर्न नसक्नु राज्यको कमजोरी भएको बताउदै राज्य यसप्रति गम्भीर बन्नुपर्ने बताएका हुन । उनले सरकारमा नेतृत्व तत्कालिन माओवादीकै नेताहरुले गर्दासमेत बेपत्ता योद्दा को स्थिती सार्वजनिक हुन नसकेको भन्दै राज्यले तदारुक्ताको साथ बेपत्ता योद्दाबारे स्थिती सार्वजनिक गर्नुपर्ने माग गरे । यस्तै कार्यक्रममा केन्द्रीय प्रतिनिधी सदस्य योगेन्द्र सीले बेपत्ता योद्दाहरुलाई सधै स्मरण गर्दै उनीहरुले देखाएको बाटोमा अगाडी बढ्न जरुरी रहेको बताए । गोरखाबाट वेपत्ता योद्धा परिवार गम बहादुर कुमाल, रेनुदेवी कुमाल, सहिद परिवार मैतीदेवी कुमाल, टेकबहादुर कुमाल र कालीदेवी कुमाल ले पार्टीलाई सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी भएको भन्दै सिद्दान्तबाट विचलित नहुन सुझाव दिएका थिए ।
जिल्ला सदस्य गङ्गा सी को सन्चालनमा सम्पन्न कार्यक्रम सेक्रेटरी काजी सी को अध्यक्षता मा सम्पन्न भएको थियो ।