अनखबर
संसद भनेको प्रतिपक्षको हो भनिन्छ । तर मंगलबार बसेको संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायम राख्दाराख्दै पनि सरकारले भने आफ्नो काम पेलेर अगाडी बढिरहेको छ । सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म पार्टीले अवरोध कायम राख्ने कुरा कांग्रेसले स्पष्ट पारेपछि सरकार भने प्रतिपक्षलाई पेलेरै अघि बढ्ने देखिएको हो । सोमबार अवरोधका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएका थिए । मंगलबारको बैठकमा पनि सरकारले विभिन्न प्रस्ताव तथा अध्यादेश पेस गरेको हो ।
आजको बैठकबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित भएको छ भने राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ ।
कांग्रेसले बेल घेराउ गरिरहेका बेला उद्योगमन्त्रीले पनि ८ वटा कानुन संशोधनको अध्यादेश पेस गरे ।