अनखबर / कास्की
गोरखा तमु समाज कास्की पोखराको तेह्रौं साधारणसभा तथा सातौ अधिबेशनले गुरुङलाई सर्बसम्मत अध्यक्षमा निर्बाचित गरेको छ ।
समाजको उपाध्यक्षमा कमला गुरुङ सचिवमा धर्मेन्द्र गुरुङ सहसचिवमा कृष्ण बहादुर गुरुङ कोषाध्यक्षमा गङगा गुरुङ चयन भयका छन। त्यसै गरि कार्यसमितिको सदस्यहरुमा कुमार गुरुङ, सोनि गुरुङ, अमृत गुरुङ, डिल माया गुरुङ, राकेश गुरुङ, पुजा गुरुङ ,माया गुरुङ ,रेखा गुरुङ,सरस्वती गुरुङ र काईला गुरुङ रहेका छन।
नबनिर्बाचित कार्यसमितिलाई निर्बाचन समितिको सयोजक ज्ञान बहादुर गुरुङले पद तथा गोपनियताको सपत ग्रहण गरायका थिए । समाजका अध्यक्ष बुद्धि माया गुरुङज्युको अध्यक्षतामा भयको सो कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न १५ का अध्यक्ष तोरण बहादुर बानियाँले वडा र समाज हरेक काममा सहकार्य गरेर अघि बढनु पर्ने बताउनु भयो।
साथै विशेष अतिथि अल्कापुर टोल बिकास सस्थाका उपाध्यक्ष जगन्नाथ भण्डारीले पनि टोलले हरेक कुरामा समाज लाई सहयोग गर्ने बताउनु भयो। समाजभित्रको २०८० सालको एस ई ई उतिर्ण विद्यार्थीहरुलाई प्रमुख अतिथिबाट प्रशंसा पत्र वितरण गर्नु भयको थियो ।
नबनिर्बाचित अध्यक्ष सन्दिप कुमार गुरुङले अध्यक्ष जस्तो महत्वपुर्ण जिम्मेवारी पद दिनु भयकोमा समाजका सम्पुर्णलाई धन्यवाद दिदै सस्थालाइ थप कियाशिल बनाइ अघि बढने प्रतिबद्धता जनाउनु भयो।