बुटवल
डुम्रे बन्धु समाज, बुटवल कलष्टरले तिज मिलन कार्यक्रम बुटवल फुलबारीमा सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमविच तिज मिलन एवंम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । स्याङ्जा उद्गम थलो भई बसाई सरी वा विभिन्न कामको शिलशिलमा बुटवल लगायतका तराई क्षेत्रमा बसोबास गर्र्ने धनन्जय गोत्रिय डुम्रेहरुविचमा एकता र भातृत्व कायम गर्न भन्दै आयोजित तिज मिलन तथा दरखाने कार्यक्रमा रुपन्देही, नवलपरासी र कपिलवस्तुका झण्डै २५० डुम्रे बन्धुहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथीको रुपमा डुम्रे बन्धु समाजका अध्यक्ष शिवलाल डुम्रेले डुम्रे बन्धु समाज बन्धुहरुको सुख र दुखको चौपारी बन्ने बताउनुभयो । उहाँले संस्थागत रुपमा बुटवल कलष्टरको सक्रियताको प्रशंसा गर्दै, समाजलाई देशव्यापी रुपमा बंशावली निर्माण गर्ने र बन्धुत्वको एकतामा संस्थाले पहल गर्ने बताउनुभयो । यस्तै कार्यक्रममा डुम्रे बन्धु समाजका केन्द्रिय सल्लाहकार लक्ष्मी डुम्रेले बन्धुहरु विच चिनजाँन, भेटघाटले सबैलाई नजिक बनाउने भन्दै तिजको मौलिक पर्वमा राखिएको कार्यक्रमले आगामी पुस्तालाई समेत वंशसँग परिचित गराउन भूमिका खेलेको बताउनुभयो । यस्तै कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य तथा बरिष्ठ पत्रकार प्रकाश डुम्रेले सामाजिक भावना र बन्धुत्वविचको एकताले बलियो बनाउने भन्दै संस्थाले मौलिकतामा आफ्ना कार्यक्रममार्फत सबैलाई एकैठाउँमा ल्याउने पहल गर्नु निकै सुखद रहेको बताउनुभयो । संस्थागत रुपमा बुटवल क्लष्टरले विगतमा नयाँ बर्ष, दशैं, तिज लगायतका पर्वहरुमा पनि कार्यक्रम गरिरहेका छ, यस्ले हाम्रा सम्बन्धहरुलाई नविकरण गर्न भूमिका खेल्छ, उहाले भन्नुभयो ।
यस्तै कार्यक्रममा मौलिक तिजको गितहरु, नाँचहरु प्रस्तुती गरिएको थियो । विगत लामो समयदेखी सक्रिय डुम्रे बन्धु समाज, बुटवलले अप्ठारोमा परेका बन्धुहरुलाई सहयोग गर्ने, मृत्यु भएका परिवारलाई भेटघाट गरी समवेदना व्यक्त गर्ने, विभिन्न उत्सव तथा पर्वहरुमा सहभागीता जनाउने र विभिन्न समयमा कार्यक्रमहरुमार्फत डुम्रे बन्धु समाजलाई सक्रिय बनाउँदै आएको छ । बन्धु समाज बुटवलले हरेकबर्ष नियमित रुपमा बार्षिक भित्तेपात्रो समेत प्रकाशन गर्ने गरेको छ । विभिन्न समयमा छरिएर रहेका डुम्रे बन्धुहरु तिजको समयमा एकैठाउँमा हुँदा यस्ले भातृत्व, बन्धुत्व र भावनात्मक एकता कायम गर्दै आएको छ । चुरामणी डुम्रेका अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शिव डुम्रेले गरेका थिए भने सहजीकरण अन्नत डुम्रे, अशोक डुम्रे र थानप्रसाद डुम्रले गरेका थिए ।