साउदी अरेबिया,
साउदी अरबको यम्बू शहरमा महावाणिज्य दुतावास जेद्दाले संचालन गरेको राहदानि नविकरण शिविरमा त्यहाको स्थानीय नेपाली सेवा समिति नामक सामाजिक संस्थाले राहदानी नवीकरण गर्न गएका सबै व्यक्तिहरु संग रकम असुलेको जानकारी प्राप्त भएको छ। यम्बू शिविरमा गएका सबै सेवाग्राही संग जनही ३० साउदी रियाल संकलन गरेको पिडितहरुले जानकारी दिए। सामाजिक सस्थाले रकम असुलेको प्रमाण स्वरूप पीडितहरुले रसिद पनि उपलब्ध गराएका छन्।
नेपाली महावाणिज्य दुतावास जेद्दाले संचालन गरेको त्यस निशुल्क शिविरमा, नेपाली सेवा समिति यान्वु नामक सामाजिक संस्थाले राहदानि नविकरण गर्न गएका सबै व्यक्तिहरुबाट रकम असुल गर्नु नाजायज भएको प्रति आपत्ती जनाउँदै नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबले विज्ञप्ति जारी गरेको छ।

रकम किन संकलन गरिएको भन्ने प्रश्नमा नितान्त सामाजिक कार्य गर्न लागि संकलन गरिएको नेपाली सेवा समिति यान्वुका अध्यक्ष श्री प्रसाद बर्देवा बताएको मञ्चका महासचिव बासुदेव सापकोले जानकारि दिए।
जुनसुकै उद्देश्यका साथ रकम संचालन गरिएको भए तापनि दुतावासले आयोजना गरेको कार्यक्रममा सामाजिक संस्थाले रकम संकलन गर्नु लज्जाजनक रहेको र दुतावासको मर्यादामा पनि क्षति पुर्याएको मञ्चले जारि गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
संकलन भएको जम्मा रकम सार्वजनिक गर्न र क्षमायाचना सहित ति सबैजनाको शुल्क फिर्ता गर्न नेपाली सेवा समिति यान्वुलाई नेपाली जनप्रगतिशिल मंच साउदी अरबले प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेको छ।
मञ्चले उक्त शिविरमा भएको सो धटना बारे जानकारी गराउदै ध्यानाकर्षण पत्र नेपाली महावाणिज्य दुतावास जेद्दा र बोधार्थ राजदुतावास रियादलाई बुझाएको भएपनि दुतावासको तर्फबाट कुनैपनि सार्वजनिक विज्ञप्ति या सुचना भने आइसकेको छैन । तर कुनै पनि सामाजिक संघ संस्थाले यसरी खुल्लाम- खुल्ला त्यहि माथि दुतावासले आयोजना गरिएको कार्यक्रममा रकम संकलन गर्नुमा कहिँ कतै शंका भने गर्ने ठाउ देखिन्छन ।
व्यवस्थित रुपमा रसिद काटेर रकम असुलेको देख्दा कहिँ न कतै ठुलै योजनाका साथ् अगाडी बढेको देखिन्छन । तर यस बिषयमा अहिले सम्म संस्थाले भने आधिकारिक रुपमा केहि जानकारी गराएको देखिदैनन।
साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूको आवाज बनेर नेपाली जनप्रगतिशिल मंच साउदी अरबले स्थापना देखि नै सामाजिक कार्यहरू गर्दै आइरहेको छ।