लुम्बिनी , असाेज ८ । – लुम्बिनि विकास काेषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले गुण्डागर्दी शैलीमा मंगलबार आक्रमण गरेका छन। राष्ट्रिय सभाकाे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकाे मंगलबार लुम्बिनी स्थित फाईभ हाेटलमा कार्क्रम भईरहेकाे बेला ठेकदारहरूकाे एक हुल हाेहल्ला गर्दै गुण्डागर्दी शैलीमा आक्रमणमा उत्रेका हुन् । काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिवलाई आक्रमण गरेका हुन ।

काेषाध्यक्ष भट्टराईलाई एकाएक २० जनाकाे समूहले लछार्दै आक्रमण गरेका थिए । यस्तै आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यकाे मुखमा चाेट लागेकाे छ ।

केहिदिनदेखि गुरूयाेजनाकाे कामकाे भुक्तानि नपाएकाे भन्दै आन्दाेलनरत निर्माण व्यवसायीहरूकाे माग सम्बाेधन गरि समाधान गर्न लागिरहेकाे बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएकाे काेषाध्यक्ष भट्टराईले बताए । उनले आफुमाथि ज्यान नै असुरक्षित हुने गरि आक्रमण भएकाले सुरक्षाकाे माग गरे । समितिका सभापतिमा.सोनाम गेल्जेन शेर्पाकाे अगाडि आक्रमण भएकाे हाे । बैठक चलिरहेकै बेला आक्रमण भएकाे हाे ।