अनखबर , ११ असोज
बुटवल ११ मजुवास्थित सिरान गाउँ मजुवा खानेपानी तथा वातावरण सरसफाई उपभोक्ता समितिले आफ्नो १५ औ साधारण सभा को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान जिवन दान हो भन्ने मूल नारासहित संस्थाका अध्यक्ष पूर्ण बहादुर परियारको अध्यक्षता तथा संस्थाका कोषाध्याक्ष एव स्वास्थ्य उपसमितिका संयोजक कमला पाण्डे को संयोजकत्व मा आयोजित कार्यक्रममा २५ जनाले रक्तदान गरेका छ्न ।
बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य यम सुनारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटीका प्राविधीक हरुको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । नियमित पानी परेर प्रतिकूल मौसमका कारण धेरै रक्तदाताहरु सहभागी हुन नसकेको अध्यक्ष परियारले बताए । सस्थाले आगामी १५ गते १५ औ साधारणसभा समारोह आयोजना गर्दैछ ।