खबर संवाद नवलपरासी
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२, अवरैयामा आज बिहान एक युवकले कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन । २७ वर्षीय हेमराज थारुले आफ्नै ५० वर्षीय बुबा जय राम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारको हत्या गरेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार, बिहान करिब १०:३० बजे हेमराजले बुबाको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि उनले छिमेकी नाथु धरिकारमाथि पनि टाउको र घाँटीमा प्रहार गरेका थिए।जिल्ला प्रहरी कार्यलयका प्रमुख अनुपम श्रेष्ठ सहितको टोलिले घटनाको जानकारी पाउनेबित्तिकै हेमराजलाई पक्राउ गरिएको जनाएको छ।
हत्या गर्नुको कारण हालसम्म खुलेको छैन । घटनास्थलको अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।