काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो ।
मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच विकेटको क्षतिमा तीन सय ५८ रन बनायो । श्रीवास्तवले एक सय ६८ रनको योगदान दिए । उनले एक सय ३२ बल खेल्ने क्रममा पाँच छक्का र १६ चौका हाने । यस्तै जोय थापाले अविजित ६१, शिवान्स बजगाईँले ५४ तथा सुगम बुढाथोकीले ३५ रन बनाए । बलिङतर्फ भुटानका सञ्जय दोर्जेले तीन तथा तेन्जिन लोडेले एक विकेट लिए ।
तीन सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२ दशमलव ४ ओभरमा ९ विकेट गुमाउँदै मात्र ६० रन बनायो । भुटानका लागि सुजन दावाले १४ तथा उयोग छोफेलले १० रन बनाए । भुटानका अन्तिम ब्याटर क्रिजमा आएनन् । बलिङतर्फ नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । यस्तै सचिन भट्ट र सुयोग भट्टराईले दुई दुई विकेट लिए ।
नेपाल समूह चरणका चारवटै खेलमा विजेता बनेर समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त समूहबाट दोस्रो स्थानमा रहँदै सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘बी’बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालले अब बिहीबार सेमिफाइनमा मलेसियासँग खेल्ने छ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।
एसियाली क्रिकेट परिषद् ९एसिसी० को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी थिए । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका थिए ।

उमेर समूह क्रिकेटबाट एक होनाहार ब्याट्सम्यानको उदय भएको छ, रौनक श्रीवास्तवका रूपमा । एसीसी यु १६ इस्ट जोन अन्तर्गतको म्याचमा आज उनले नेपालका लागि कीर्तिमानी प्रदर्शन गरे ।भुटानविरुद्धको म्याचमा एक्लै १६८ रन जोड्दै रौनकले नेपालका लागि अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक व्यक्तिगत योगफलको कीर्तिमान बनाएका हुन् । कुनै पनि उमेर समूहको अन्तर्राष्ट्रिय म्याचमा नेपाली ब्याट्सम्यानले बनाएको यो उच्च व्यक्तिगत स्कोर हो । यसअघि यो कीर्तिमान अर्जुन कुमालको नाममा थियो । उनले एसीसी यु १९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४२ रन बनाएका थिए ।
यसअघि कुनै पनि उमेर समूहको क्रिकेटमा नेपाली ब्याटरले १५० को व्यक्तिगत आँकडा पार गर्न सकेका थिएनन् । राष्ट्रिय टीमबाट सर्वाधिक रनको कीर्तिमान भने कप्तान रोहित पौडेलको नाममा छ । उनले २०७८ सालमा पपुवा न्यूगिनीविरुद्ध १२६ रन बनाएका थिए ।
आजको खेलमा नेपालको प्रतिद्वन्द्वी भुटान कमजोर टीम हो । यद्यपि, नेपालले खराब सुरूवात गर्दै १७ रनमै दुई विकेट गुमाएको थियो । चौथो नम्बरमा आएका १५ वर्षीय रौनकले बडो परिपक्व तरिकाले ब्याटिङ गर्दै नेपाललाई मजबुत स्कोरमा पुर्याए । उनी अन्तिम ओभरमा छक्का हान्न खोज्दा आउट भए । रौनकले आफ्नो म्याराथन इनिङमा ५ छक्का र १६ चौका प्रहार गरेका थिए । उनको ब्याटिङमा संयम र आक्रामकताको मिश्रण थियो । एउटा राम्रो टप अर्डर ब्याट्सम्यानको परिचय दिँदै उनले खराब बलहरुलाई दण्डित गरे भने राम्रा बलहरूसँग जोगिएर खेले ।
रौनकले परिस्थितिको मागअनुसार ब्याटिङ गरेका थिए । सुरुवातीरुपमा उनले कुनै जोखिम नउठाइकन खेले । स्ट्राइक रोटेटमा ध्यान दिए । सुरूको ५० रन बनाउन उनले ५० बल नै खर्चिएका थिए । दोस्रो ५० रन जोढ्न उनले ४५ बल खपत गरे । ९५ बलमा शतक हानेका रौनकले त्यसपछि भने परिस्थितिको माग अनुसार विष्फोटक रुप धारण गरे । पछिल्लो ६८ बल उनले केवल ३७ रनमा जोडेका थिए । श्रीवान्स बजगाईं, सुगम बुढाथोकी र जोय थापासँग मिलेर उनले नेपाललाई सुदृढ स्कोरमा पुर्याए । रौनक र जोयबीच १७० रनको म्याराथन साझेदारी भएको थियो ।
अन्तिम ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने प्रयास गर्दा क्याचआउट भए रौनक । आउट हुनुअघि उनको ब्याटबाट १६ चौका र ६ छक्का निस्किए । उनले १०० रन बाउन्ड्रीबाट र ६८ रन दौडिएर लिएका थिए । अफसाइड र अनसाइड दुवैतर्फ उनी उत्तिकै मजबुत देखिए । रनिङ विटविन द विकेटमा भने अझै मिहिनेत गर्नुपर्ने आवश्यकता छ ।
रौनकले आफ्नो प्रतिभाको छनक यसअघि घरेलु यू १६ प्रतियोगितामा दिएका हुन् । टीबी साह मेमोरियल यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत गत जेठ २५ गते भएको म्याचमा उनले लुम्बिनीबाट खेल्दै गण्डकीविरुद्ध दोहोरो शतक प्रहार गरेका थिए । कुनै पनि उमेर समूहको राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोहोरो शतक हान्ने पहिलो ब्याट्सम्यान बनेका थिए रौनक । केबल ११७ बलमा १६ छक्का र १५ चौकासहित २१७ रन जोडेका थिए उनले । यही प्रदर्शनले उनलाई राष्ट्रिय यू १६ टीममा छनोट गराएको हो ।
जारी एसीसी यू १६ प्रतियोगितामा रौनकले तीन इनिङ ब्याटिङ गर्दा ९८।६६ को औसतमा २९६ रन जोडिसकेका छन् । उनको स्ट्राइक रेट पनि निकै राम्रो छ । सिंगापुरविरुद्ध पहिलो खेलमा उनले ४४ बलमा ४० रन बनाएर टीमको जितमा योगदान दिएका थिए । दोस्रो खेलमा उनको ब्याटिङ गर्ने पालो आएन । जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले एक विकेटमै भेट्टाएको थियो । इन्डोनेसियाविरुद्धको तेस्रो खेलमा उनले ७१ बलमा ८८ रनको आक्रामक इनिङ खेले । यो म्याचमा नेपालले ४२० रनको पहाड खडा गरेको थियो ।

त्यसो त यो प्रतियोगितामा नेपालका प्रतिद्वन्द्वीहरू कमजोर भएकाले हरेक खेलहरू एकतर्फी भइरहेका छन् । सिंगापुरविरुद्धको पहिलो खेल तुलनात्मकरूपमा प्रतिस्पर्धात्मक थियो, जहाँ नेपालले ६ विकेटका जित निकाल्यो । त्यसपछिका तीन खेलमा भने नेपालले प्रतिद्वन्द्वीहरुलाई कुनै पनि मौका दिएको छैन । जापानलाई ८० रनमा अलआउट गरेको नेपालले एक विकेटमै लक्ष्य भेटेको थियो । तेस्रोमा इन्डोनेसिया नेपालको ब्याटिङ र बलिङको अगाडि निरिह बन्यो । नेपालले पहिले ब्याटिङ गर्दै ४२१ रनको पहाड खडा गर्दा इन्डोनेसियाले ५० रन मात्रै जोड्न सकेको थियो ।
शतप्रतिशत जितसहित नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सेमिफाइनलमा नेपालको भिडन्त हुनेछ आयोजक मलेसियासँग । यो म्याच केही हदसम्म प्रतिस्पर्धात्मक बन्ने आशा राख्न सकिन्छ । यद्यपि, नेपाल उपाधिकै बलियो दावेदार हो । नेपालले सम्भवत उपाधिका लागि फाइनलमा हङकङसँग भिड्नुपर्ने हुन सक्छ ।
प्रतियोगितामा नेपालको बलिङ र ब्याटिङ दुवै उस्तै गतिमा चलिरहेका छन् । ब्याटिङतर्फ नेपालका ओपनर प्रसिद्ध जैसी उत्कृष्ट लयमा छन् । उनले इन्डोनेसियाविरुद्ध १३२ रन बनाएका थिए । बलिङमा कप्तान विपीन शर्माले नेतृत्व लिइरहेका छन् । उनको घातक बलिङ झेल्न कुनै पनि टीमलाई सहज छैन । नेपाल प्रिमियर लिग ९एनपीएल० बाट उदाएका विपीनले यो प्रतियोगितामार्फत आफ्नो क्षमताको पुनःपुष्टि गरिदिएका छन् । उनले चार खेलमा नेपालका लागि १५ विकेट लिइसके ।
‘फाइन्ड अफ द टुर्नामेन्ट’ चाहिँ रौनक नै हुन्, जसको ब्याटिङले भविष्यका लागि निकै आशा जगाएको छ । प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा उनी नेपालकै प्रसिद्धलाई उछिन्दै पहिलो नम्बरमा उक्लिएका छन् ।
को हुन् रौनक ?
कपिलवस्तुको कृष्णनगर नगरपालिका(१ को मडान गाउँमा सामान्य परिवारमा जन्मेका हुन् रौनक । आर्थिक अभावमा धेरै पढ्न नपाएका उनले साथीहरूसँग भारतको नौगढमा गएर क्रिकेट सिककेका थिए । उनका बुवाआमा गाउँमा सामान्य खेतिकिसानी तथा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्छन् । उनका बुवा अशोक श्रीवास्तव मजदुरीका लागि भारतको नौगढसम्म जाने गरेका छन् । रौनकले स्थानीय बुद्धपद्म स्कुलबाट ८ कक्षा पढेपछि पढाइ छोडेर क्रिकेटमै तल्लिन भए । क्रिकेटमा रौनकको भविष्यबारे अहिल्यै पूर्वानुमान गर्दा हतारो हुन सक्छ । तर आशा गरौं उनलाई एनपीएलको दोस्रो संस्करणमा देख्न पाइनेछ । भुटानविरुद्धको म्याचमा एक्लै १६८ रन जोड्दै रौनकले नेपालका लागि अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक व्यक्तिगत योगफलको कीर्तिमान बनाएका हुन् । कुनै पनि उमेर समूहको अन्तर्राष्ट्रिय म्याचमा नेपाली ब्याट्सम्यानले बनाएको यो उच्च व्यक्तिगत स्कोर हो । यसअघि यो कीर्तिमान अर्जुन कुमालको नाममा थियो । उनले एसीसी यु १९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४२ रन बनाएका थिए ।
यसअघि कुनै पनि उमेर समूहको क्रिकेटमा नेपाली ब्याटरले १५० को व्यक्तिगत आँकडा पार गर्न सकेका थिएनन् । राष्ट्रिय टीमबाट सर्वाधिक रनको कीर्तिमान भने कप्तान रोहित पौडेलको नाममा छ । उनले २०७८ सालमा पपुवा न्यूगिनीविरुद्ध १२६ रन बनाएका थिए ।
आजको खेलमा नेपालको प्रतिद्वन्द्वी भुटान कमजोर टीम हो । यद्यपि, नेपालले खराब सुरूवात गर्दै १७ रनमै दुई विकेट गुमाएको थियो । चौथो नम्बरमा आएका १५ वर्षीय रौनकले बडो परिपक्व तरिकाले ब्याटिङ गर्दै नेपाललाई मजबुत स्कोरमा पुर्याए । उनी अन्तिम ओभरमा छक्का हान्न खोज्दा आउट भए । रौनकले आफ्नो म्याराथन इनिङमा ५ छक्का र १६ चौका प्रहार गरेका थिए । उनको ब्याटिङमा संयम र आक्रामकताको मिश्रण थियो । एउटा राम्रो टप अर्डर ब्याट्सम्यानको परिचय दिँदै उनले खराब बलहरुलाई दण्डित गरे भने राम्रा बलहरूसँग जोगिएर खेले ।
रौनकले परिस्थितिको मागअनुसार ब्याटिङ गरेका थिए । सुरुवातीरुपमा उनले कुनै जोखिम नउठाइकन खेले । स्ट्राइक रोटेटमा ध्यान दिए । सुरूको ५० रन बनाउन उनले ५० बल नै खर्चिएका थिए । दोस्रो ५० रन जोढ्न उनले ४५ बल खपत गरे । ९५ बलमा शतक हानेका रौनकले त्यसपछि भने परिस्थितिको माग अनुसार विष्फोटक रुप धारण गरे । पछिल्लो ६८ बल उनले केवल ३७ रनमा जोडेका थिए । श्रीवान्स बजगाईं, सुगम बुढाथोकी र जोय थापासँग मिलेर उनले नेपाललाई सुदृढ स्कोरमा पुर्याए । रौनक र जोयबीच १७० रनको म्याराथन साझेदारी भएको थियो ।
अन्तिम ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने प्रयास गर्दा क्याचआउट भए रौनक । आउट हुनुअघि उनको ब्याटबाट १६ चौका र ६ छक्का निस्किए । उनले १०० रन बाउन्ड्रीबाट र ६८ रन दौडिएर लिएका थिए । अफसाइड र अनसाइड दुवैतर्फ उनी उत्तिकै मजबुत देखिए । रनिङ विटविन द विकेटमा भने अझै मिहिनेत गर्नुपर्ने आवश्यकता छ ।
रौनकले आफ्नो प्रतिभाको छनक यसअघि घरेलु यू १६ प्रतियोगितामा दिएका हुन् । टीबी साह मेमोरियल यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत गत जेठ २५ गते भएको म्याचमा उनले लुम्बिनीबाट खेल्दै गण्डकीविरुद्ध दोहोरो शतक प्रहार गरेका थिए । कुनै पनि उमेर समूहको राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोहोरो शतक हान्ने पहिलो ब्याट्सम्यान बनेका थिए रौनक । केबल ११७ बलमा १६ छक्का र १५ चौकासहित २१७ रन जोडेका थिए उनले । यही प्रदर्शनले उनलाई राष्ट्रिय यू १६ टीममा छनोट गराएको हो ।
जारी एसीसी यू १६ प्रतियोगितामा रौनकले तीन इनिङ ब्याटिङ गर्दा ९८।६६ को औसतमा २९६ रन जोडिसकेका छन् । उनको स्ट्राइक रेट पनि निकै राम्रो छ । सिंगापुरविरुद्ध पहिलो खेलमा उनले ४४ बलमा ४० रन बनाएर टीमको जितमा योगदान दिएका थिए । दोस्रो खेलमा उनको ब्याटिङ गर्ने पालो आएन । जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले एक विकेटमै भेट्टाएको थियो । इन्डोनेसियाविरुद्धको तेस्रो खेलमा उनले ७१ बलमा ८८ रनको आक्रामक इनिङ खेले । यो म्याचमा नेपालले ४२० रनको पहाड खडा गरेको थियो ।
त्यसो त यो प्रतियोगितामा नेपालका प्रतिद्वन्द्वीहरू कमजोर भएकाले हरेक खेलहरू एकतर्फी भइरहेका छन् । सिंगापुरविरुद्धको पहिलो खेल तुलनात्मकरूपमा प्रतिस्पर्धात्मक थियो, जहाँ नेपालले ६ विकेटका जित निकाल्यो । त्यसपछिका तीन खेलमा भने नेपालले प्रतिद्वन्द्वीहरुलाई कुनै पनि मौका दिएको छैन । जापानलाई ८० रनमा अलआउट गरेको नेपालले एक विकेटमै लक्ष्य भेटेको थियो । तेस्रोमा इन्डोनेसिया नेपालको ब्याटिङ र बलिङको अगाडि निरिह बन्यो । नेपालले पहिले ब्याटिङ गर्दै ४२१ रनको पहाड खडा गर्दा इन्डोनेसियाले ५० रन मात्रै जोड्न सकेको थियो ।
शतप्रतिशत जितसहित नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सेमिफाइनलमा नेपालको भिडन्त हुनेछ आयोजक मलेसियासँग । यो म्याच केही हदसम्म प्रतिस्पर्धात्मक बन्ने आशा राख्न सकिन्छ । यद्यपि, नेपाल उपाधिकै बलियो दावेदार हो । नेपालले सम्भवत उपाधिका लागि फाइनलमा हङकङसँग भिड्नुपर्ने हुन सक्छ ।
प्रतियोगितामा नेपालको बलिङ र ब्याटिङ दुवै उस्तै गतिमा चलिरहेका छन् । ब्याटिङतर्फ नेपालका ओपनर प्रसिद्ध जैसी उत्कृष्ट लयमा छन् । उनले इन्डोनेसियाविरुद्ध १३२ रन बनाएका थिए । बलिङमा कप्तान विपीन शर्माले नेतृत्व लिइरहेका छन् । उनको घातक बलिङ झेल्न कुनै पनि टीमलाई सहज छैन । नेपाल प्रिमियर लिग ९एनपीएल० बाट उदाएका विपीनले यो प्रतियोगितामार्फत आफ्नो क्षमताको पुनःपुष्टि गरिदिएका छन् । उनले चार खेलमा नेपालका लागि १५ विकेट लिइसके ।
‘फाइन्ड अफ द टुर्नामेन्ट’ चाहिँ रौनक नै हुन्, जसको ब्याटिङले भविष्यका लागि निकै आशा जगाएको छ । प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा उनी नेपालकै प्रसिद्धलाई उछिन्दै पहिलो नम्बरमा उक्लिएका छन् ।
को हुन् रौनक ?
कपिलवस्तुको कृष्णनगर नगरपालिका(१ को मडान गाउँमा सामान्य परिवारमा जन्मेका हुन् रौनक । आर्थिक अभावमा धेरै पढ्न नपाएका उनले साथीहरूसँग भारतको नौगढमा गएर क्रिकेट सिककेका थिए । उनका बुवाआमा गाउँमा सामान्य खेतिकिसानी तथा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्छन् । उनका बुवा अशोक श्रीवास्तव मजदुरीका लागि भारतको नौगढसम्म जाने गरेका छन् । रौनकले स्थानीय बुद्धपद्म स्कुलबाट ८ कक्षा पढेपछि पढाइ छोडेर क्रिकेटमै तल्लिन भए । क्रिकेटमा रौनकको भविष्यबारे अहिल्यै पूर्वानुमान गर्दा हतारो हुन सक्छ । तर आशा गरौं उनलाई एनपीएलको दोस्रो संस्करणमा देख्न पाइनेछ ।