बुटवल । बुटवलका बिरामीलाई सुविधा दिने उद्देश्यले छत्रदेव हेल्थ केयर प्रा.लि. बुटवलले वरिष्ठ थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. बजरंग कुमार रोनियारलाई आमन्त्रण गरी विशेष उपचार सेवा गर्न लागेको छ ।

संस्थाका अनुसार डा. रोनियारले भदौ ७ गतेदेखि बुटवल–६, हरिसपल लाइनस्थित छत्रदेव हेल्थ केयरमै नियमित स्वास्थ्य सेवा दिनेछन्। काठमाडौंस्थित ॐ अस्पतालका वरिष्ठ थाइराइड, मधुमेह, बाँझोपन तथा हर्मोन रोग विशेषज्ञ उनी मधुमेह, थाइराइड, बाँझोपन, महिलामा हुने हर्मोन असन्तुलन, हड्डी कमजोर हुने समस्या, शरीरको मोटोपन तथा भिटामिन कमी लगायत रोग उपचारमा ख्यातिप्राप्त विशेषज्ञ हुन्। छत्रदेव हेल्थ केयरले सो सेवाबाट बुटवल र आसपासका बिरामीलाई काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरेको छ।