बुटवल । बुटवलको पहिलो र एक मात्र पाँच तारे होटल ह्यत प्लेस इभेन्टका लागि खुला गरीएको छ। शनिवार वैदिक परम्पराअनुसार पञ्चकन्याहरू सहित विधिवत पूजा अर्चना गरी होटल सञ्चालनको साइत गरिएको हो ।


यस सँगै होटल आजबाट सभा सम्मेलन तथा बैंक्युट तथा पार्टीहरूका लागि खुला गरिएको होटलका कर्पोरेट प्रबन्धक राजेश खनालले बताए । होटलको नभेम्बर २४मा ग्रान्ड ओपनिङ गरिँदै छ। बुटवलको व्यावसायिक समूह यशोदा ग्रुपको लगानीमा निर्माण भएको यो होटल राजधानी बाहिरको उत्कृष्ट होटलका रूपमा हेरिएको छ ।
कुल १०९वटा कोठाहरू सहित होटल सेफ्रोन सिके का रूपमा निर्माण भएको यस होटलको व्यवस्थापन प्रतिष्ठित अन्तर्राष्ट्रिय होटल चेन ह्यात प्लेसले गरेको छ । काठमाडौं पछि ह्यत प्लेसको राजधानी बाहिर पहिलो होटल हो । ह्रयात प्लेसले व्यवस्थापन लिएसङै ह्यात प्लेस बुटवलका नामबाट होटल सञ्चालनमा आएको हो ।
होटल सञ्चालनमा आयसँगै लुम्बिनी क्षेत्रको पर्यटनले थप एउटा उत्कृष्ट गन्तव्य समेत पाएको छ । ह्यात प्लेसको व्यवस्थापनमा विश्वव्यापी चेनमा होटल जोडिएसँगै यस क्षेत्रमा गुणस्तरीय पर्यटकहरू भित्रिने विश्वास यस क्षेत्रका पर्यटन व्यवसायीहरूले समेत गरेका छन् ।


बुटवलका व्यवसायी कमलमालपानी, चुन्न प्रसाद पौडेल, भुमिश्वर पौडेल, नरिश्वर पौडेल, श्रवण वेरीवाल लगायतको लगानीमा होटल निर्माण भएको हो । करिब चार सय करोड लगानीमा होटल तयार भएको बताइएको छ ।
यसै समुहले नेपालकै सर्वाधिक रूचाइएको करेन्ट चाउचाउको पनि उत्पादन गर्दै आएको छ ।