। रुपन्देही ३ मा नेकपा एमाले, नेपाली कांग्रेससहित ३५ जनाको जमानत जफत भएको छ ।
यहाँबाट उम्मेद्वार बनेका मध्य रास्वपाका डा। लेखजंग थापा बाहेक अन्य कुनै पनि उम्मेद्वारले कूल सदर मत ९० हजार ३०५ को १० प्रतिशत प्राप्त मत ल्याउन सकेन् । यहाँबाट रास्वपाका डा।लेखजंग थापाले ५८ हजार ८१४ मत ल्याएर निर्वाचित भएका थिए । रुपन्देही ३ बाट नेकपा एमालेका बासुदेव घिमिरे, नेपाली कांग्रेसका सुशील गुरुङ्ग, नेपाल कम्युष्टि पार्टी ९नेकपा० का फैज अहमद खाँ, राप्रपाका गौरब बोहरा उम्मेद्वार बनेका थिए ।
यस्तै नेपाली कांग्रेसका सुशील गुरुङ्गले ८ हजार ४३५, नेकपा एमालेका बासुदेव घिमिरले ८ हजार २७५, राप्रपाका गौरब बोहराले ७ हजार ७८९, नेपाली कम्युनिष्ट पार्टी नेकपा का फैज अहमद खाँले २ हजार ५९४ मत ल्याएका थिए ।
अन्य उम्मेद्वारहरुले भने १ हजार भन्दा पनि कम मत ल्याएका छन् ।