अनखबर
वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा कार्य गर्न कुल २३०० जनाका लागि दरखास्त आह्वान गरेको छ । यस रोजगारीका लागि २५ देखि ४५ वर्ष उमेर, न्यूनतम १।५ मिटर उचाइ, ४५ किलोग्राम तौल, कक्षा १० उत्तीर्ण वा सो सरहको शैक्षिक योग्यता र केयर गिभिङ तालिम अनिवार्य छ।
इच्छुक उम्मेदवारहरूले वैदेशिक रोजगार विभागको अनलाइन पोर्टल मार्फत २०८३ असार ७ गते दिउँसो १२स्०० बजेसम्म आवेदन दिन सक्नेछन्।
काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक गन्तव्य इजरायलले नेपाली कामदार माग गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा कार्य गर्न वैदेशिक रोजगार विभागले कुल २३०० जनाका लागि दरखास्त आह्वान गरेको हो ।
विभागले बुधबार प्रकाशन गरेको सूचना अनुसार कुल संख्यामध्ये ६० प्रतिशत महिला ९१३८० जना० र ४० प्रतिशत पुरुष ९९२० जना० कामदार छनोट गरिनेछ। छनोट भएका नेपाली नागरिकहरूले इजरायलका विभिन्न समूहगत आवास वा व्यक्तिगत अपार्टमेन्टहरूमा रहेका वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूको हेरचाहमा सहयोग गर्नुपर्नेछ।
यस रोजगारीका लागि इच्छुक उम्मेदवारको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। शारीरिक योग्यताका हकमा उम्मेदवारको उचाई कम्तिमा १।५ मिटर ९४ फिट ११ इन्च० र तौल कम्तिमा ४५ किलोग्राम हुनुपर्ने मापदण्ड तोकिएको छ।
शैक्षिक योग्यताको सन्दर्भमा, कम्तिमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तिमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्नेछ। यदि त्यो नभएमा, १०ं२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तिमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ।
यसका साथै उम्मेदवार विगतमा इजरायल गएर काम नगरेको र उनका नजिकका परिवारका सदस्य हाल इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने सर्त राखिएको छ। इजरायल जाने कामदारले मासिक करिब ५ हजार ८ सय ८१।५० इजरायली मुद्रा न्यूनतम तलब पाउनेछन् ।
यसका अतिरिक्त नियमानुसार ओभरटाइम सुविधा, वार्षिक बिदा र खानाको सुविधा समेत उपलब्ध हुनेछ। इजरायली कानुन अनुसारको आवासको व्यवस्था रोजगारदाताले नै मिलाउने भए पनि त्यसको तोकिएको खर्च भने कामदार आफैँले व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ। सुरुको करार अवधि एक वर्षको हुने र यसलाई अधिकतम ५ वर्षसम्म थप गर्न सकिने व्यवस्था छ।
इच्छुक र योग्य उम्मेदवारहरूले वैदेशिक रोजगार विभागको अनलाइन पोर्टल ाभचmक।मयाभ।नयख।लउ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद आजदेखि २१ दिनसम्म अर्थात् २०८३ असार ७ गते दिउँसो १२ः ०० बजेसम्म तोकिएको छ।
आवेदनका लागि राहदानी, हालसालै खिचेको फोटो, शैक्षिक प्रमाणपत्र, तालिमका प्रमाणपत्रहरू र नेपाल प्रहरीले जारी गरेको चारित्रिक प्रमाणपत्र अनिवार्य अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ ।
आवेदन परेकामध्ये न्यूनतम मापदण्ड पुगेका उम्मेदवारहरूको विवरण ुनेमचेकु का लागि इजरायल पठाइनेछ। त्यहाँबाट स्वीकृत भएर आएका उम्मेदवारहरूबीच गोलाप्रथा मार्फत अन्तिम छनोट गरिनेछ। यो प्रक्रिया पूर्णतः पारदर्शी र निष्पक्ष हुने विभागले जनाएको छ।
यस रोजगारीका लागि लाग्ने हवाई भाडा, स्वास्थ्य परीक्षण, बिमा, कल्याणकारी कोषको रकम र अभिमुखीकरण तालिमको खर्च कामदार आफैँले व्यहोर्नुपर्नेछ। विभागका अनुसार हवाई भाडा प्रचलित बजार दर अनुसार हुनेछ भने अन्य प्रशासनिक र सेवा शुल्कहरू तोकिए बमोजिम हुनेछन्। विभागले कसैको प्रलोभनमा नपर्न र आधिकारिक सूचनाका आधारमा मात्र प्रक्रिया अगाडि बढाउन सबैमा अनुरोध गरेको छ।

https://drive.google.com/file/d/1b_qBX5wNlFj0B2MrCjX5L3vxAjXPShuy/view