अनखबर
काठमाडौँ । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउट सोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।
सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्।
आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउट सोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन् ।