अनखबर
बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीले स्थापना गरेएको उत्कृष्ट पत्रकारिता पुरस्कार र सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट रुपन्देहीका तीन जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापना भएको पुरस्कार सोमबार एक कार्यक्रमको आयोजना गरि रुपन्देहीका तीन जना पत्रकारहरुलाई प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघ, रुपन्देहीद्वारा स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार(२०८२ बाट पत्रकार अमृत गिरी पुरस्कृत भएका छन् । गिरी नगद एक लाख रुपैयाँ पुरस्कार सहित पुरस्कृत भएका हुन् । यस्तै सूर्य प्रसाद विकास पत्रकारिता पुरस्कार(२०८२ बाट पत्रकार छवि पाण्डेय र माया केसी पुरस्कृत भएका छन् । उनीहरु दुबैले जनही नगद ५०र५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । बुटवल उपमहानगरपालिकाको सहयोगमा स्थापना गरिएको पुरस्कार सोमबार प्रदान गरिएको हो । पुरस्कृत पत्रकार गिरी मेचिकाली दैनिकमा, पाण्डेय गोरखापत्र दैनीकमा र केसी बुटवल टुडे दैनीकमा कार्यरत रहेका छन् ।
बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले उक्त पुरस्कार प्रदान गरेको अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डीत, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल लगायतले बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव सिपी खनालले गरेका थिए ।