• मुख्य समाचार
  • राजनीति
  • समाज
  • विचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • थप अरु
    पत्रपत्रिका कुराकानी स्वास्थ्य शिक्षा प्रबिधि रोजगार रोचक

सरकारले अघि बढायो एमसीसी

खबर संवाद

काठमाडौं, माघ ९। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले दिने ५० करोड अमेरिकी डलर अनुदान स्वीकृत गर्ने-नगर्ने बहसले राजनीतिक वृत्त तातिरहेका बेला सरकारले एमसीसीका परियोजना कार्यान्वयन गर्न आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको छ।

सूचीमा ७ लाख ५३ हजार अमेरिकी डलर बराबरका सामग्री, उपकरण र सवारीसाधन छन्।

मिलेनियम च्यालेन्ज कम्याक्ट सम्झौता संसद्मा अनुमोदनका लागि दर्ता भएसँगै यो अनुदान सहायतालाई लिएर सत्तारुढ दल नेकपाभित्र तीव्र मतभेद छ। पार्टीभित्र रहेको मतभेदबीच सरकारले एमसीसीअन्तर्गतका परियोजनाका लागि आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको छ।

सन् २०१७ सेप्टेम्बर २० मा भएको सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमा एमसीसीका आयोजनाका लागि आयात गरिने वस्तुलाई भन्सार छुट दिने उल्लेख छ। अर्थ मन्त्रालयले सोहीबमोजिम एमसीसीका परियोजनाका लागि पैठारी गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरी छुट दिन भन्सार विभागमा पठाएको छ।

परियोजना कार्यान्वयन गर्न स्थापित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल)ले पेस गरेको मुख्य सूचीमा रहेका सामग्री, उपकरण र सवारीसाधनको आयातमा भन्सार महसुल छुट पाउनेछन्।

गत पुस २४ मा एमसीए नेपालले मुख्य सूचीका सामग्री भन्सार छुटमा आयात गर्न माग गरेको थियो। उसले पेस गरेको सूचीमा ६ लाख ५९ हजार अमेरिकी डलर बराबरको ल्याब सामग्री बेलायत, अमेरिका र टर्कीबाट, ३६ हजार अमेरिकी डलरबराबरका सामग्री चीनबाट आयात गर्ने र ५७ हजार अमेरिकी डलरबराबरका सवारीसाधन आयात गर्ने उल्लेख छ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले एमसीएले पृष्ठभूमिका काम अघि बढाउने क्रममा र काम सुरु भएपछि आयात गर्ने वस्तुको सूची हरेक वर्ष अद्यावधिक र स्वीकृत हुने बताएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
रोल्पामा पहिरोले तीन जनाको मृत्यु, ९ जना अझै बेपत्ता
किशोर श्रेष्ठ पक्राउपछि, जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीको छापा
लुम्बिनी प्रदेश सरकार गठनमा निर्णायक बन्यो मसाल, ओली प्रचण्डसँग २ बुँदे सहमती
प्रधानमन्त्री शाह र भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता
व्यवसायी मुन्दडाको घरमा छापा, उपलब्धी शुन्य, व्यवसयाीहरुद्धारा प्रहरीको आलोचना
के हो सरकार र हिन्दूवादी सङ्गठनबीच भएको १३ बुँदे सहमति ?
भर्खरै प्रकाशित
रोल्पामा पहिरोले तीन जनाको मृत्यु, ९ जना अझै बेपत्ता
1:15 PM
किशोर श्रेष्ठ पक्राउपछि, जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीको छापा
1:12 PM
लुम्बिनी प्रदेश सरकार गठनमा निर्णायक बन्यो मसाल, ओली प्रचण्डसँग २ बुँदे सहमती
4:41 PM
प्रधानमन्त्री शाह र भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता
2:26 PM
व्यवसायी मुन्दडाको घरमा छापा, उपलब्धी शुन्य, व्यवसयाीहरुद्धारा प्रहरीको आलोचना
3:19 PM
के हो सरकार र हिन्दूवादी सङ्गठनबीच भएको १३ बुँदे सहमति ?
2:00 PM

सम्पर्क ठेगाना

  • जन गर्जन मिडिया प्रालि

    बुटवल -११ रुपन्देही

    +९७७-९८५७०३७२६४

    khabarsambad264@gmail.com

    सूचना विभाग दर्ता नंः : १६७५/०७६-७६

अन खबर टिम

  • कार्यकारी सम्पादक : शिब डुम्रे

©2026, onkhabar.com, All Right Reserved. ||Powered By : TopLine Technology