अनखबर
बैशाख २९, रुपन्देही
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले भारतिय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको पुत्ला दहन गरेको छ । नेपालको भुभागमा गरिएको भारतीय हस्तक्षेपको विरोधस्वरुप आज देशभर भारतिय प्रमको पुत्ला दहन एवं विरोध कार्यक्रम नेकपाले घोषणा गरेको थियो ।

पुत्ला दहन कार्यक्रममा भारतले राष्ट्रियतामाथी गरेको नाङ्गो हस्तक्षेपको बिरोध सभासमेत गरिएको थियो  । कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका इन्चार्ज संगम पुनले २२ किलोमीटर सडक खन्दासमेत थाहा नपाएझै गर्ने सरकारले राष्ट्रिय अस्मितामाथिको गम्भीर प्रश्न उठ्दासमेत निरीह बनेको आरोप लगाए । उनले भने “लिपुलेक, लिम्पियाधुरा देखि सुस्ता जस्ता ८० भन्दा धेरै ठाउँमा भारतले सिमाना मिचेको छ, यस्तो बेला सरकारको नेतृत्व गर्नेहरु मौन छ्न अर्थात् उनिहरुले आफ्नो सत्ता रक्षार्थ सिमाना बेचेका छन, राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आन्दोलन गर्दा हस्तक्षेप गर्ने सरकारले सिमाना मिचिदासमेत निरीह रहेको भन्दै,  हिजो महाकाली बेचे, टनकपुर बेचे र अहिले सत्ताकै लागि लिपु बेचेका छन्, उनको आरोप थियो । भारतले साम्राज्यवादी अभियान अन्तर्गत कमजोर देशहरुमाथी हस्तक्षेप गर्ने र चेपुवामा पारेर अन्तरविरोध सिर्जना गर्ने गरेको छ । यसको समाधानको कुटनैतिक पहललेमात्र नपुग्ने भन्दै हस्तक्षेपविरुद्द एकपटक जेहाद छेड्न जरुरी रहेको र त्यसको नेतृत्व नेकपाले गर्ने भन्दै तयार रहन नेता पुनले सबैलाई अनुरोध गरे । झण्डै ५ दर्जन जनताहरुको उपस्थितिमा भएको कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको पनि उपस्तिथ रहेको थियो ।  उपस्थित जनताहरुले भारतिय साम्राज्यवाद मुर्दावाद, लिपुलेक हाम्रो हो, नरेन्द्र मोदि मुर्दावाद लगायत नाराहरु समेत लगाउदै मोदिको आकृती भएको पुत्ला दहन गरेका थिए ।