प्रदिप पाठक ,भदौ ३ स्याङ्जा । जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा स्याङ्जाले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यलयद्वारा जिल्लामा सञ्चालित कार्यक्रमहरुको निर्देशनलाई कडाइ साथ लागु गर्न अनुरोध गरेको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा स्याङजाका प्रमुख रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा विभिन्न विद्यालयहरुबीच आ.व. २०७६/७७मा निर्माण शुरु हुनेगरि असार महिनामा सम्झौता गरेका विद्यालयहरुको निर्माण सम्बन्धमा केही अनलाइन मिडियाहरुमा प्रकाशित समाचार प्रति यस इकाइको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै । योजना कार्यान्वयनका सम्बन्धमा विस्तृत जानकारी यस इकाइबाट प्रकाशित विद्यालय पुनर्निर्माण सहजिकरण पुस्तिका २०७७ सबै विद्यालयहरु र सरोकारवालाहरुलाइ उपलब्ध गराइएको अनुसार गर्न गराउन अनुरोध गरिएको छ । योजना कार्यान्वयनका सम्बन्धमा सम्झौता गर्दाको लागत अनुमानको अधिनमा रही निर्माणकार्यको प्राविधिक नापजाँचका आधारमा मात्रै रकम निकासा हुने भएकोले सम्झौता भन्दा कम रकम निकासा हुन सक्ने भन्दै सचेत गराएका छन् ।

विज्ञप्तिमा केही विद्यालयले निर्माणकार्य ठेक्का प्रक्रिया बाट गराउन सार्वजनिक सुचना समेत प्रकाशन गरेको भेटिएको र तत्कालै विद्यालयलाइ ठेक्का प्रक्रिया रद्द गर्न लगाइएको समेत उल्लेख गरिएको छ । कतिपय विद्यालयमा वि.व्य.का पदाधिकारी ,जनप्रतिनिधि,निर्माण व्यवसायीहरु वाट ठेक्कामा दिन दवाव आएको गुनासो विद्यालयबाट यस इकाइमा आएका समेत बताए । विज्ञप्तिमा निर्माणकार्य ठेक्का वाट गराएको पाइएमा योजनाको सम्झौता रद्द गरिने र हाल सम्म दिइएको रकम समेत असुल उपर गरिने उल्लेख छ । विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिले दक्ष कामदार व्यवस्था गरि प्रतक्ष्य निगरानि र नियन्त्रणमा रही निर्माण कार्य गराउनु पर्ने समेत उल्लेख गरिएको छ ।
वक्तव्यको पुर्ण पाठसहित