अनखबर / बुटवल । मानवअधिकार तथा शान्ती समाज रुपन्देही शाखाले आफ्नो २२ औ साधारणसभा सम्पन्न गरेको छ । समाजले साधारणसभाको अवसर पारी “गुणस्तरीय स्वास्थ सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार” बिषयक अन्तरसम्वाद कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै मानवअधिकार तथा शान्ती समाजका केन्द्रिय सभापति गोविन्द खनालले राजनीति दलहरुले वैज्ञानिक शिक्षालाई नारा बनाए पनि, ठोस र मुर्त स्वरुप बनाउन नसकेको बताए । वैज्ञानिक र प्राविधिक शिक्षा महङ्गो हुँदा धेरै विद्यार्थीहरुले शिक्षाबाट बन्चित हुनुपरेको भन्दै विद्यार्थीलाई विद्यालय पुर्याउने र निशुल्क वैज्ञानिक शिक्षा राज्यले पूर्याउनुपर्नेमा उनले जोडे दिए , त्यस्तै उनले नेपालमा ग्रामीण भेगमा स्वास्थको अबस्था निकै निराशाजनक भएको भन्दै नेपाली राजनीतिक दलका एजेन्डा चुनावकेन्द्रीत हुने र नेपाली नागरिकको जीवनशैली परिवर्तन गर्न नसकेकोप्रती चिन्ता ब्यक्त गरे ।
त्यस्तै कार्यक्रममा उपाध्यक्ष कृष्ण रावलले सरकारले मानवअधिकार र मौलिक हकहरु नारामा मात्रै सिमित गरेको भन्दै मानवअधिकारलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका रुपन्देही उपाध्यक्ष पुरुषोत्तम घिमिरे, नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सचिव प्रजापाल गिरि, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य पुष्पराज ढकाल, नेकपा एकीकृत समाजवादीका रुपन्देही ईन्चार्ज डा. बालकृष्ण चापागाईं, नेपाल पत्रकार महासघ रुपन्देहीका सभापती रामराज पोख्रेल, प्रेस युनियनका सभापति रेखा भुषाल लगायतले मानवअधिकार तथा शान्ती समाजले स्वास्थ सेवा र शिक्षाप्रती देखाएको चासोले समग्र राज्यको आवश्यकतालाई उठाएको भन्दै बिषयप्रती ऎक्यबद्दतासमेत जनाएका थिए । सचिव कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रमको अध्यक्ष 라이브 딜러 도박이 현실이 되는 곳인 카지노사이트 에 오신 것을 환영합니다. 고품질 스트리밍 및 전문 딜러를 통해 블랙잭, 룰렛, 바카라, 포커 등 다양한 게임을 제공합니다. 우리와 함께 게임의 모든 순간을 즐기며 큰 상을 받고 놀라운 감정을 얻으십시오.
मानवअधिकार तथा शान्ति समाज देशभरमै उत्कृष्ट शाखा बनेको रुपन्देही शाखाले नियमित रुपमा विभिन्न सिर्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ । २२औ साधारणसभाको बन्दसत्रले नयाँ कार्यक्रम र नीति बनाउने सभापति डिपि खनालले बताउनुभयो ।