संवाददाता
अवैधानिक ढंगले सञ्चालन भएका क्रसरहरु बन्दको माग गर्दै रुपन्देहीको तिलोतमा नगरपालिका वडा १४ का स्थानीयहरु प्रदर्शनमा उत्रेका छन् । बुधबार दिउँसो तिलोत्तमा १४ का नन्दनगर जबरजस्तापुर टोल र देविनगर बाग्दुरा टोलका स्थानीय क्रसरपिडितहरु प्रदर्शन गर्दै वडा कार्यलय घेराउ गरेका छन् ।



स्थानीय महिलाहरु,युवा क्लब,आमा समुहका प्रतिनिधि,टोल समिति र संर्घष समितिको संयुक्त आयोजनामा आयोजना गरिएको प्रदर्शनमा अवैधानिक क्रसर बन्दको माग गरिएको थियोे ।
टिकुलीगढ माध्यमिक विधालयको जग्गामा क्रसर सञ्चालन गरिएको छ ।
क्रसरले सयौं घरबस्तीहरुलाई वातावरणीय प्रदुषणको हिसाबले गम्भीर असर पुर्याएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेका हुने । प्रदर्शन टोलीले क्रसर क्षेत्रबाट निकालेको र्याली वडा कार्यलयमा पुगेर कोणसभामा परिणत भएको थियोे ।
क्रसर पिडित संघर्ष समितिको अध्यक्ष भिमसमसेर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय जीवन न्यौपानेले जनताको शान्तिपुर्ण ढंगले बाच्न पाउनुपर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएका थिए ।
न्यौपानेले प्रदुषणमुक्त वातावरण बनाउन जोड दिएका थिए कार्यक्रममा राजेन्द्र प्रसाद यादवले सम्झौताको म्याद सकिएपनि पुनः जबर्जस्ती सम्झौता गरिए राम्रो नहुने चेतावनी दिएका छन् । जनताको स्वास्थ संग गम्भीर खेलवाड नगर्न यादवले विधालय र सरोकारवाला पक्षलाई ध्यानाकर्षण जनाएका थिए ।
विरोध सभामा स्थानीयहरु चन्द्र कुमारी छन्त्याल,राम बहादुर बोहरा,
जोया भण्डारी खड्का लगायतले कुनै हालतमा क्रसर सञ्चालन गर्न नदिने बताएका थिए ।