संवाददाता/वालिङ
कानुन,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विकासको काममा बजेट अभाव हुन नदिने बताउनुभएको छ ।

वालिङ–१२ काउलेमा रहेको न्यु मिशन थ्री स्टार युवा क्लवले आयोजना गरेको भलिबल खेलको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकासको कामको लागि बजेट अभाव नहुने बताउनुभएको हो । उहाँले जनताको काम गर्न मज्जाले सकिन्छ,अहिले नै गर्ने हो । विकासका लागि कुनै कुर्न नपर्ने भन्दै सबै कामहरु गरिने जिकिर गर्नु भयो ।

सिर्सेकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउदै मन्त्री गुरुङले विकासबाट नै ग्रामिण क्षेत्रमा समृद्धि ल्याउन सकिने बताउनुभयो ।

‘वालिङको विकासको लागि बजेट अभाव हुँदैन,यहाँको विकासको लागि स्रोत सुनिश्चत गरेर कामहरु अगाडि बढिसकेका छन् ’मन्त्री गुरुङले भन्नुभयो–‘जनताको कामको लागि कुनै पनि कसरहरुबाँकी रहन हुँदैन ।’ उहाँले ग्रामिण क्षेत्रका खानेपानी,घरबास योजना,पर्यटकीय स्थानहरुको विकास लगायतका काममा केन्द्रबाट बजेटको सुनिश्चितता भैसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका पुर्व सांसद भागवत प्रकाश मल्ल,नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति केेदार काफ्ले,जिल्ला सचिव दामोदर लम्साल,काङ्ग्रेस नेता अर्जुन प्रकाश अर्याल,अर्जुन खनालको समेत उपस्थिति रहेको थियोे ।

कार्यक्रममा वालिङ नगरपालिकाका नगर उपप्रमुख कविता तिवारी तिवारी गैहले ग्रामिण क्षेत्रको विकासको लागि नगरपालिकाले उचित योजना बनाएर काम सुरु गरेको बताउदै ग्रामिण क्षेत्रमा मौरीपालन,ग्रामिण पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमहरु सहित योजना अगाडि बढेको बताउनुभयो ।

उपमेयर तिवारीले ग्रामिण क्षेत्रमा बढेको बसाईसराईँ रोक्न गाउँका युवाहरुलाई गाउँमै बस्ने बनाउनको लागि ग्रामिण पर्यटनलाई प्रवद्दन् गरिने समेत बताउनुभयो ।
उपप्रमुख तिवारीले युवायुवतीलाई उद्यमशील बनाउन नगरले २ करोड विनियोजन गराएको समेत बताउनु भएको छ ।

यस्तै वालिङ् १२ का वडा अध्यक्ष विश्वजंग गुरुङले विकासका काम धेरै बाकी रहेको तर ठुला बजेटको अभावले गर्न नसकिएको बताउनुभयो । उहाँले संघीय मन्त्री,प्रदेश र नगरपालिकाबाट समेत उचित प्रयास गर्नुपर्ने बताउनुभएको ।

वालिङ १२ मा रहेको न्यु मिशन थ्री स्टार युवा क्लवको आयोजनामा फागुन १२ देखि सुरु भएको भलिबल लगायतका खेलकुद प्रतियोगिता १९ गतेसम्म चल्ने क्लबका कार्यक्रम सञ्चालक मनिस गुरुङले बताउनुभएको छ ।
क्लबले स्वदेश तथा विदेशमा रहेका युवाहरूको सहयोग संकलन गरेर कार्यक्रम आयोजना गरेको हो ।