मुख्य समाचार
राजनीति
समाज
विचार
आर्थिक
खेलकुद
अन्तर्राष्ट्रिय
मनोरञ्जन
थप अरु
पत्रपत्रिका
कुराकानी
स्वास्थ्य
शिक्षा
प्रबिधि
रोजगार
रोचक
खबर संवाद
क्वारेन्टाइनमा बसेका अर्का नेपालिको पोखरामा मृत्यु, कोरोनाको आशंका १२ चैत, पोखरा । १२ दिनअघि भारतबाट फर्किएका कास्कीको रुपा गाउँपालिकाका एक जनाको पोखरामा मृत्यु भएको छ । रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । भारतको हैदराबादबाट फर्किएका उनी बुधबार बिहान खाना खाएर सुतेका थिए । अबेरसम्म पनि नउठेपछि नेपालीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो । नेपालीमा मुटु तथा कलेजोको समस्या रहेको परिवारका सदस्यले जानकारी दिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । उनका कोरोनाको कुनै संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए । ‘उनमा मुटु, कलेजो र सुगरको पनि समस्या रहेछ । रिपोर्ट आएपछि बाँकी कुरा पत्ता लाग्ला’ उनले भने ।(अनलाइनखबर)
विप्लव नेकपाका दुई नेता रिहा
नेपालमा तेस्रो कोरोना भाइरस संक्रमित, जो दुबई बाट आएका थिए
चितवनको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाले मृत्यु भएको आशंका
सरकारद्धारा एकहप्ता घरबाहिर ननिस्कन आदेश, देशव्यापी लकडाउन
शान्ति समाज र साझा हस्पिटलद्वारा ३०० माक्स निशुल्क वितरण
कहाँ गए कोरोना संक्रमित युवतीसगै आएका २ सय ५ यात्रु ?
विप्लव निकट युवा संगठन लुम्बिनीले कालोबजारी गर्ने माफियाहरुलाई कारवाही गर्ने
कोरोनाले सुनसान रुपन्देही : बुटवलमा सेल्फ क्वारेन्टाइन, तिलोत्तमा ‘लकडाउन’
कोरोनाबाट देश मुक्त नहुँदासम्म संघर्ष बन्द, जनसेनालाई जनसेवामा लाग्न विप्लवको अपिल
फ्रान्सबाट नेपाल आएकी महिलामा कोरोना संक्रमणको पुष्टि, टेकुमा उपचार हुँदै
विप्लव नेकपा निकट खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्दसहित ६ गिरफ्तार
Posts pagination
Previous page
1
…
154
155
156
…
197
Next page